साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी भदौ ३०।
कृषी विकास मन्त्रालयका सचिव उत्तम कुमार भटराईले उत्साहित र सक्रिय किशानलाई निराश पार्ने काम नगर्न निर्देशन दिनुभएको बताए । गैरसरकारी संस्थाहरु मार्फ संचालमा रहेका कृषी कार्यक्रमहरुलाई लक्षित गर्दै त्यस्ता संस्थाहरुले आफुले राम्रो डकुमेन्ट तयार गर्ने भन्दा पनि किशानहरुलाई अब्बल बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिनु पर्ने बताए ।

किसानका लागी उन्नत बिउबिजन कार्यक्रमको बार्षिक कार्यक्रम अन्तरगत गुल्मी जिल्लाको अनुगमनमा आउनुभएका सचिव भट्राईले सरकारको एक्लो प्रयासले कृषी विकास नहुने बताउनुभयो । सरकारले तिन खम्बे अर्थ निती अन्तरगत बिभिन्न कार्यक्रमहरु किसान माझ ल्याएकाले कृषी र किसानहरुको बीच भविष्य राम्रो रहेको भएको बताए ।
उहाँले हतास र निराश नभई उद्यम गर्न कृषकहरुलाई आग्रह गर्नुभयो । त्यस्तै कृषी विभागका महानिर्देशक डा युवक ध्वज जिसीले मान्छेको बुझाईमा परिवर्तन आउन नसक्दा कृषकको अनुहार उज्यालो हुन नसकेको बताए।

हाम्रो समाजमा कृषी र किसानलाई हेर्ने दृष्टिकोण संकिर्ण छ, जिसीले भन्नुभयो पसल गर्ने व्यापारीले ढुक्कका साथ व्यापार गर्छु भन्छ, तर किसानले ढुक्कसंग कृषी भन्न आत्मगलानी ठान्छन् । उहाँले जमिन घट्दै जाने तर बृद्धि भईरहेको जनसंख्याका बिचका असिमित चाहाना पुरा गर्नुपर्ने राज्यसंग ठुलो चुनौति रहेको बताए ।

सभासदले पैसा जति केन्द्रबाट जिल्ला पठाउने अनि पहुँचकै आधार फेरी मन्त्रालय र विभागमा कार्यक्रम माग्ने गलत प्रवृृतिले पनि आफुहरुलाई गाह्रो परिरहेको जिसीको भनाई थियो ।साथै डा जिसीले मनोरञ्जनात्मक शैलीमा यो माया सवैलाई पुग्नी, जाले रुमाल कसैलाई नपुग्ने भने जस्तै नेता र कार्यकर्ता कै आधारमा योजना र पैसा कनिका छने जस्तै छर्नु अर्थहिन हुने बताए।

उहाँले क्षेत्रगत सहमतीका आधारमा ठोस उपलब्धि मुलक काममा रकम खर्च गर्न आग्रह गर्नुभयो ।
बिउबिजन तथा गुण नियन्त्रण केन्द्रका धर्मदत्त बरालले सधै गैरसरकारी संस्थाहरु संगै हात थाप्ने भन्दा पनि त्यो कार्यक्रमलाई एउटा माध्यम मात्र बनाएर अडागी बढ्न किसान, सहकारी तथा अन्य संस्थाहरुलाई आग्रह गर्नुभयो।

एनजिओ कै भरमा परनिर्भरता बढ्दै जाँदा भोली कार्यक्रम सकिएपछि धोका दिए जस्तो महसुस हुने भएकाले बिस्तारै आत्मनिरर्भरता तर्फ उन्मुख हुनुपर्नेमा उहाँको जोड थियो ।
किसानका लागी उन्नत बिउबिजन कार्यक्रमका व्यावस्थापक लक्ष्मण प्रसाद पौडेलले आफुहरुको उदेश्य भनेकै सिप र क्षमता युक्त सक्षम किसान बनाउनु भएकाले विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु संचालन भैरहेको बताए।

उहाँले आफुहरुको बुद्धि र विवेकले भ्याए सम्म किसानलाई कसरी सक्षम सक्रिय बनाउने भन्ने हिसावले कार्यक्रमहरु संचालन भएकाले अनावश्यक आशंका नगर्न आग्रह गर्नुभयो ।प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले सरकारी तथा गैरसरकारी कार्यालयले प्रतिवेदनमा देखाउने तथ्याङ्गमा खुसी हुने भन्दा पनि त्यसको सतहमा भैरहेको केहो भन्ने कुरा महत्वपुर्ण हुने बताउए।

जिल्ला पशुसेवा कार्यालयले जिल्ला बाहिर पनि दुध खपत हुन्छ, भन्ने तथ्याङ्ग भित्तामा देखाउँदा सदरमुकाममै राम्रो संग सहज रुपमा दुघ नपाएको प्रसंग कोट्याउनुभयो।स्थानीय विकास अधिकारी डिलाराम पन्थीले स्थानीय तथा जिल्ला परिषद्बाट पारित भएर गएका योजना मन्त्रालय तथा विभागबाट काट्नु गलत भएको बताए ।
धेरै मेहेनत र परिश्रम गरेर स्थानीय तह देखि जिल्ला र जिल्ला हुँदै केन्द्र सम्म पुग्ने योजनाहरु महत्वपुर्ण हुन्छन । त्यस्ता योजना काटेर छुट्दै निवेदन मार्फत योजना पार्ने प्रवृति तत्काल सच्याउनु प¥यो, पन्थीले भन्नुभयो जिल्लाका मान्छे गुलेली खेलाएर बस्छन भन्ने मन्त्रालयको भ्रम हट्न जरुरी छ ।
उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेले किसानहरुले बिउ परिक्षण गर्न बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यतालाई हटाउन जिल्लामा बिउ परिक्षण उपकरण उपलब्ध हुनुपर्ने बताउनुभएको थियो । गैर सरकारी संस्था महासंघका अध्यक्ष बिष्णु भण्डारीले बोका मात्रै दिने भन्दा पनि गोठ सुधारमा समेत ध्यान दिन सके कार्यक्रम थप उपलब्धि मुलुक हुने भनाई राख्नुभयो ।
मौरी कृषक चेतमान कुवंरले महको नाममा बाहिरी ठाउँबाट आएको अगुणस्तरिय मह बिक्री वितरण भैरहेकाले रोक्न सुझाव दिनुभयो । बलिथुमका मौरी पालक किसना गंगु कुंवरले मुडे र खोपे घारमा सिमित बलीथुमका किसान अहिले आधुनिक घार तर्फ आकर्षित भैरेकाले अझैपनि तालिम प्रयाप्त नभएको बताउनुभयो ।
जुभुङ्गका युवा कृषक प्रकाश थापाले जुभुङ्गमा युवाहरुको उत्साहलाई निराशामा परिणत हुन नदिन सिंचाइको व्यावस्था गरिदिन मन्त्रालय र विभागसंग आग्रह गर्नुभयो । पानी टंकी जैविक बहुउदेश्य कृषक समुहका सचिव दुर्गा ज्ञवालीले किसान संग बिउ पुँजी नभएकाले बिउनै आफु र पशुचौपायकै लागी बिउ खाने र खुवाउनुपर्ने बाध्यता रहेको बताए ।
किसानका लागी उन्नत बिउबिजन कार्यक्रमले बिहिबार बिहान जिल्ला कृषी विकास कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला कृषी विकास कार्यालयका बरिष्ट कृषी विकास अधिकृत चेतनारायण पाण्डेय र जिल्ला पशुसेवा कार्यालयका प्रमुख गौरीमान श्रेष्टले जिल्लामा कार्यालय र केयुविकेले संचालन गरेका गतिविधीहरुको बारेमा जानकारी दिनुभएको थियो ।
केन्द्रिय कार्यक्रम अनुसार नै केन्द्रिय अनुगमन टोलीले जिल्लाको थानपति, बलेटक्सार, बिरवास, अर्खले लगाएतका स्थानका किसानस कृषी समुह र सहकारीहरुको अनुगमन तथा अन्तरक्रिया गरेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend