logo
  • शनिबार, असोज १० २०८३

गुल्मी सदरमुकाममै सुन र नगद चोरी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ ६।
गुल्मीको सदरमुकाम तम्घासमा सुन र नगद चोरी भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १ स्थित चेतकला कुँवरको घरबाट नौ तोला सुन र ५० हजार नगद चोरी भएको हो ।

वैशाख २८ गते राति भएको चोरी २९ गते विहान मात्रै थाहा भएको थियो । घरको चारतला माथि गएर कोठा तोडेर चोरले सुनका गरगहना र नगद लगेको परिवारले जनाएको छ । निर्वाचन भएकोले घर भाडामा बस्ने अन्य तीन जना पनि घर गएका थिए ।

घरमा कोही नभएको मौका पारेर चोरी भएको हो । चोरी भएको उजुरी मुजुल्कासहित प्रहरीमा दिएपनि अहिलेसम्म चोर फेला परेका छैनन् । एक सातासम्म पनि चोर पत्ता नलगाएको भन्दै परिवारले असन्तुष्ट जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी माधव खरेलले घटनाबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिए । ‘अनुसन्धान भन्ने कुरा यत्ति प्रतिशत नै भयो भन्ने हुँदैन ।’ उनले भने, ‘उक्त चोरीको बिषय अलि गम्भिर भएकोले समय लागेको हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend