साझा नेटवर्क
प्रिन्स मिश्रा, कपिलवस्तु जेठ ०४।
कपिलवस्तु विजयनगर गाउँपालिका ७ लालपुरमा लुकाइ छिपाइ राखेको ९ वटा सघुनको गोलिया काठ विशेष सूचनाको आधारमा बन कार्यालय ठाकुरापुरले बगैचामा लुकाएर राखिएकाे अवस्थामा बरामद गरेकाे छ।
नेपाल-भारत सिमा-नाकामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु संचालनमा रहेकाले तस्करहरु भारतीय जंगलबाट टिक र सघुनकाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ मा भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र रातीको समय काष्ठ उद्योगहरुमा पुराउने गर्छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परसुरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छन ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend