logo
  • शनिबार, असोज १० २०८३

मदानेमा १० मतान्तरले पालिका अध्यक्षमा विजयी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल,तम्घास,जेठ ०२।
गुल्मीको मदाने गाउँपालिकामा १० मत अन्तरले गठबन्धनबाट नेपाली काँग्रेसका महेन्द्र कुँवर अध्यक्षमा निर्वाचित हुनुभएको छ। सोमबार दिउँसो आएको मतपरिणामअनुसार कुँवरले चार हजार ७०७ मत ल्याउनु भएको छ ।
उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका प्रेम केसीले चार हजार ६९७ मत ल्याउनुभएको छ । उपाध्यक्षमा भने एमालेकी सरिता खड्काले जित हाँसिल गर्नुभएको छ । खड्काले चार हजार ५६५ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी गठबन्धनबाटै माओवादी केन्द्रका वेगम चन्दले चार हजार २११ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाका सातवटा वडामध्ये १, ३, ४, ६ र ७ वडामा काँग्रेस एवम् वडा नम्बर २ र ७ वडामा एमालेले वडाध्यक्ष जितेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend