logo
  • शनिबार, असोज १० २०८३

मोदी गरे मायादेवी मन्दिरको दर्शन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, काठमाडौँ जेठ २।
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज लुम्बिनी स्थित रहेको मायादेवी मन्दिरको दर्शन गरेका छन् । बिहान साढे १० बजे नेपाल आइपुगेका मोदीले ११ बजे मायादेवी मन्दिरको दर्शन गरेका हुन् ।
उनले भिक्षुहरूसँग बुद्धजन्मस्थलको बारेमा जानकारी समेत लिए । मन्दिर परिसरभित्र मोदीसहित प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दर्शन गरेका थिए  रासस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend