साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी जेठ ०१ ।
गुल्मीका दुई पालिकामा नेपाली काँग्रेस विजयी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा मेयर÷उप–मेयर एवम् अध्यक्ष÷उपाध्यक्ष काँग्रेसले जितेको हो । १० पालिकामा चलिरहेको मतगणनाअनुसार प्रमुखमा नेपाली काँग्रेस पाँच, माओवादी केन्द्र तीन र एमाले दुई पालिकामा अगाडी देखिएको छ । रुरक्षेत्र गाउँपालिकाको अध्यक्षमा तीन हजार ३१९ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार हिमाल श्रेष्ठले एक हजार ६२६ मतसहित अग्रता लिएका छन् ।
पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका यदु ज्ञवालीले एक हजार पाँच सय १२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसकी दुर्गा ज्ञवालीले एक हजार ३५७ मत प्राप्त गरेकी छिन् भने एमालेकी मिना देवी गौतमले एक हजार ७७७ मत प्राप्त गरेकी छिन् ।
मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका रित बहादुर थापाले एक हजार ७८६ मत प्राप्त गरेका छन् । गठबन्धनबाट माओवादी केन्द्रका देविराम अर्यालले दुई हजार चार सय मत प्राप्त गरेका छन् । अर्याल थापाभन्दा ६१४ मतले अगाडी छन । उपाध्यक्षमा गठबन्धनबाट काँग्रेसका उपेन्द्र अर्यालले दुई हजार ५०७ मत प्राप्त गरेका छन् भने एमालेकी रनमाया पुनले एक हजार ८७६ मत प्राप्त गरेकी छिन् । अर्याल पुनभन्दा ६२१ मतले अगाडी छन् ।
धुर्कोट गाउँपालिकामा काँग्रेस–समाजवादीसहितको चार दलीय गठबन्धबाट अध्यक्षका उम्मेदवार महेन्द्र प्रसाद भण्डारीले एक हजार ६६९ मत प्राप्त गरेका छन् भने एमाले माओवादी गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका भुपाल पोखरेलले दुई हजार ५२८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमाले–माओवादी गठबन्धनकी सीता गिरीले दुई हजार ५८९ मत प्राप्त गरेकी छिन् भने चार दलीय गठबन्धनबाट एकीकृत समाजवादीका चन्द्र सुनारले एक हजार २४१ मत ल्याएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन् ।
मदानेमा एमालेका प्रेम केसीले तीन हजार ४७८ र गठबन्धनबाट काँग्रेसका महेन्द्र कुँवरले तीन हजार ४८७ मत प्राप्त गरेका छन् । केसीभन्दा कुँवर ६ मतले अगाडी छन् । उपाध्यक्षमा एमालेकी सरिता खड्काले तीन हजार ३१० मत ल्याएकी छिन् भने गठबन्धनबाट माओवादी केन्द्रका वेगम चन्दले तीन हजार २९३ मत ल्याएका छन् । चन्द्रकोट गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका युवराज केसीले चार हजार ७२५ मतसहित अग्रता लिएका छन् । एमालेका चेतन बस्नेतले दुई हजार ४६० मत प्राप्त गरेका छन् ।
कालिगण्डकीमा एमाले–माओवादी गठबन्धनबाट एमालेका राम्जी ढकालले ७९२ मतसहित अग्रता लिएका छन् भने चार दलीय गठबन्धनबाट काँग्रेसका वेद बहादुर थापाले ७०६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट माअेवादीकी मञ्जु दर्लामीले ८४५ एवम् गठबन्धनबाट जनमार्चाकी तारा थापाले ५४४ मत प्राप्त गरेकी छिन् ।
सत्यवतीको अध्यक्षमा गठबन्धनबाट काँग्रेसका पारिश्वर ढकाल चार हजार १४२ मतका साथ अगाडी छन् भने एमालेका टिकाराम पाण्डेले दुई हजार ८८० मत ल्याएका छन् । उपाध्यक्षमा काँग्रेसकै तेजकुमारी थापाले दुई हजार ७० मत ल्याएकी छिन् भने एमालेकी निरमाया तरामुले दुई हजार ९२१ मत ल्याएकी छिन् ।
छत्रकोट गाउँपालिकामा गठबन्धनबाट काँग्रेसका अनन्त कुँवरले तीन हजार ५९९ मतसहित अग्रता लिएका छन् भने एमालेका रामप्रसाद पाण्डेले तीन हजार ३७६ मतले पछ्याइरहेका छन् । उपाध्यक्षमा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका गुमानसिंह पुन मगरले तीन हजार १३२ मत ल्याएका छन् भने एमालेकी सावित्रा त्रवालीले तीन हजार २७० मत प्राप्त गरेको निर्वाचन कार्यालयका कम्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिए ।
इस्मा गाउँपालिकामा गठबन्धनबाट काँग्रेसका भगत सिहं खड्काले दुई हजार ७६८ मत प्राप्त गरेका छन् भने एमालेका हिरा एसीले दुई हजार ६७३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा काँग्रेसकी पार्वती कुँवरले दुई हजार ९५२ मत प्राप्त गरेकी छिन् भने एमालेकी बिमला केसीले दुई हजार ४७१ मत प्राप्त गरेकी छिन् ।
मुसिकोट नगरपालिकाको मेयरमा गठबन्धनबाट काँग्रेसका हरिनारायण सापकोटाले दुई हजार ८८६ मतसहित अग्रता लिएका छन् । उनका प्रतिद्धन्द्धी एमालेका जिवन खरेलले दुई हजार ६७२ मतसहित पछ्याइरहेका छन् । उप–मेयरमा एमोली गंगा श्रेष्ठले दुई हजार ५३४ मत ल्याएकी छिन् भने एकीकृत समाजवादीका श्रीराम महतले दुई हजार ८५५ मत प्राप्त गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend