साझा नेटवर्क
हुमाकान्त पोखरेल,गुल्मी जेठ ०१ ।
गुल्मीमा पहिलो पटक महिला वडाध्यक्षमा निर्वाचित भएकी छिन् । जिल्लाको मुसिकोट नगरपालिका –९ अर्लाङ्गकोटमा पाँच दलीय गठबन्धन (नेपाली काँग्रेस) बाट भुमा गुरुङ निर्वाचित भएकी हुन् ।
उनी ४६६ मतका निर्वाचित भएको निर्वाचन अधिकृत दयाशंकर अधिकारीले जानकारी दिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका रामकृष्ण कडेंलले ३८१ मत ल्याएका छन् । गुरुङ ८५ मत अन्तरले वडाध्यक्षमा निर्वाचित भइन् । अर्लाङ्गकोटमा गुरुङको प्यानल नै विजयी भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend