logo
  • शनिबार, असोज १० २०८३

मदानेमा शान्तिपूर्ण मतदान सम्पन्न, कुल ६२ प्रतिशत मत खस्यो


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विवश विष्ट, गुल्मी बैशाख ३० ।
गुल्मी जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदाताहरूको उत्साहजनक उपस्थितिमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । जिल्लाका १२ वटै पालिकाका विभिन्न मतदान केन्द्रमा कुल ६४ प्रतिशत मत खसेको हो ।गुल्मीको कुल २ लाख दाने गाउँपालिकामा जम्मा १०,१४४ मत खसेको छ । गुल्मी जिल्ला मदाने गाउँपालिकाका कुल १६,३०५ मत मध्ये कुल १०,१४४ मत खसेको हो । वडा नम्बर १ अग्लुङ्गमा कुल २२४३ मतमध्ये १३८४ मत खसेको छ । वडा नम्बर २ बाझकटेरीमा कुल २५६८ मध्ये १५१८ मत खसेको छ । यस्तै वडा नम्बर ३ सिर्सेनीमा कुल २७७० मध्ये १६४९ मत खसेको छ । वडा नम्बर ४ म्यालपोखरीमा १६७१ मध्ये १११७ मत खसेको छ । वडा नम्बर ५ मलागिरीमा १४६२ मध्ये ९६५ मत खसेको छ ।

यस्तै वडा नम्बर ६ पुर्कोटदहमा २९९० मध्ये १८५१ मत खसेको छ । यस्तै वडा नम्बर ७ भनभनेमा कुल २६०१ मध्ये १६६० मत खसेको छ । मदानेको कुल मतमध्ये ६२ प्रतिशत मत खसेको मदानेका निर्वाचन अधिकृत कुलबहादुर जिसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend