logo
  • शनिबार, असोज १० २०८३

गिट्टी निकाल्ने क्रममा ढुङगा खसेर थिच्दा बरेङमा एक जनाको ज्यान मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

दिपेन्द्र परियार,गुल्मी बैशाख २४।
ढुङगा गिट्टी निकाल्ने क्रममा ढुङगा खसेर थिच्दा बरेङमा एक जनाको ज्यान गएको छ।

बरेङ गाँउपालिका १ धुल्लुबास्कोट अर्लाङतुङका बर्ष २३ का भुमिराज छन्त्याल आज बुधबार दिउसो कालिगण्डकी गाँउपालिकाको कालिलेख बनको ढुङगाखानीमा ढुङगा निकाल्ने क्रममा माथिबाट एक्कासी ढुङगा खसेर च्यापिएपछि गम्भीर घाईते भएका थिए । उनलाई उपचारका लागी सान्तीपुर तर्फ लैजादै गर्दा बाटोमै निधन भएको ईलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रमुख प्रहरी निरिक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो ।

छन्त्यालको थप उपचारका लागी पोखरा बाट हेलिकप्टर मगाईएको भएपनि बाटोमै निधन भएपछि हेलिकप्टर यत्तीकै फर्किएको स्थानिय सुमन गुरुङले बताउनु भयो । मृतकको कम्मर मुनी गम्भीरचोट लागेको र अत्याधिक रक्त श्राब का कारण निधन भएको प्रहरी निरिक्षक बुद्धिसागर पुरीले बताउनु भयो । ढुङगा निकाल्न मृतक छन्त्याल सहित अर्का एक जना पनि गएको उनि सामान्य घाईते रहेको पुरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend