साझा नेटवर्क
सज्जन ढकाल गुल्मी २२ बैशाख ।
गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका पूर्तिघाट कनौटा होसमारी झर्ना नजिकै माल बाहक ट्रक दुर्घटना भएको छ । आज बिहान करिब ८ः४५ बजे तिर दुर्घटना भएको हो । बाटो देखि करिब १५ मिटर तल कालीगण्डकी नदिको किनारमा ट्रक खसेको छ ।
भैरहवा बाट २०० बोरा सिमेन्ट लिएर पूर्तिघाट आँउदै गरेको लु २ ख ८४९ नम्बरको माल बाहक ट्रक दुर्घटना भएको हो । माथि बाट सुक्का पहिरो खसेको कारण दुर्घटना भएको हो । उक्त माल बाहक ट्रकमा चालक र सहचालक रहेका थिए । माननिय क्षति भएको छैन । चालक सहचालक सामान्य घाईते भएका छन् । उक्त घाईतेको स्थानीय मेडिकलमा उपचार गरिएको पूर्तिघाट प्रहरी चौकिले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend