logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा करिब ५ सय बढी मुस्लिम समुदायको बसोबास


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी बैशाख  २० ।

गुल्मी जिल्लामा करिव ५ सय बढी मुस्लिम समुदायका नागरिकहरु बबसोबास गर्दै आएका छन् । जिल्लामा छिमेकी जिल्लाहरु पाल्पा, अर्घाखाँची जिल्लाबाट आएर बिभिन्न पेसा व्यवसाय गर्दै बसोबास गर्दै आएका छन् । मुस्लिम समुदायले ईदउल फित्र पर्वको अवसरमा गुल्मी जिल्लामा पनि सामुहिक रुपमा विशेष नमाज पाठ गरेर मनाएका छन् । अरबी पात्रो हिजरी संवत अनुसार दशौं (सौवाल) को पहिलो दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरि ठुलाबडाबाट आशीर्वाद लिएर ईदउल फित्र वर्ष मनाएका छन् । यो वर्षको तयारी एक महिना अगाडीबाट गर्ने गरिन्छ । यो वर्षको स्वागतका लागि एक महिना अगाडीबाट रोजा व्रत बस्ने गर्दछन् ।

मुस्लिम समुदायको एक महिना लामो व्रत (रोजा) पूरा भएपछि यो पर्व मनाइन्छ । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने गरिन्छ । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्ष भित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको मुस्लिम समुदायका गुरु अनिस सुवानीले बताए ।दान गरेपछि नमाज पढेन गर्दछन् । नमाज पढेर सकेपछि दाजुभाई इष्टमित्रहरुको घरमा गएर एकअर्कासँग मेल मिलाप गर्ने सुवानीले बताए ।
कसैसँग रिसाएको भए बोल्ने सलाम गर्ने प्रचलन रहेको उनको भनाई छ । मुस्लिम समुदाय यो अबसरमा इष्टमित्रसँग बसेर खुसी साटासाट गर्ने गर्दछन् । गुल्मी जिल्ला भर मुस्लिम धर्म मान्नेहरु करिव ५ सय रहेको मदरसा अहले सुन्नत गुल्मीका अध्यक्ष खुस्दीन मियाले बताए ।

ईदउल फित्र पर्वको अबसरमा सम्पूर्णमा शुभकामना दिँदै मियाले जिल्ला समुदायको विकास का लागि लागि परेको बताए । यस पर्वका अवसरमा मुस्लिम समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् । गुल्मी जिल्लामा पाल्पा, अर्घाखाँची, जिल्लावाट आएर बिभिन्न पेसा व्यवसाय गरेर मुस्लिम धर्मालम्बीहरु बस्ने गरेका छन् । अहिले अन्य धर्म मान्नेहरुले पनि राम्रो व्यवहार गर्ने गरेको स्थानीयको भनाई छ ।चेतनाको कमीले गर्दा पहिला पहिला धेरै समस्या हुने गरेपनि अहिले त्यस्तो अवस्था नरहेकको उनिहरुको भनाई छ । गुल्मी जिल्लामा मुस्लिम मसुदायका नागरिकहरुले आफनै नवाज पढने भवन निर्माण गरेका छन् । बिभिन्न संघ संस्थाहरुको सहयोगमा उक्त भवन निर्माण गरिएको मदरसा अहले सुन्नत गुल्मीका पूर्व अध्यक्ष सागिर मियाले बताए ।

जिल्लामा मदरसा अहले सुन्नत प्राविको ०७१ सालमा स्थापना भएको ।
यहाँ मुस्लिम समुदायका बिद्यार्थीहरुले पढने पनि गर्दछन् । जिल्लामा करिव ४० जना बिद्यार्थीहरु पनि रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend