logo
  • शनिबार, असोज १० २०८३

उदय माध्यमिक विद्यालयका कक्षा ११ का बिद्यार्थीद्वारा कक्षा १२ विद्यार्थीहरुलाई विदाई


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुनिल क्षेत्री,गुल्मी बैशाख १९ । 

उदय माध्यमिक विद्यालय चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुरमा परीक्षामा सम्मेलित हुने कक्षा १२ का विद्यार्थीहरुलाई विदाई गरिएको छ ।सोमबार विदाई समारोहको आयोजना गरि कक्षा ११ का विद्यार्थीहरुले १२ कक्षाका विद्यार्थीहरुलाई थप शैक्षिक भविष्यको कामना गदैं विदाई गरेका हुन्। कक्षा ११ का छात्रा सर्मिला सुनारको सभापतित्वमा सम्पन्नको कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक कृष्ण कुमार गैरे प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्त्यव कक्षा ११ का विद्यार्थी सपिन विकले राख्नुभएको थियो । भने चन्द्रकोट क्याम्पस प्रमुख इन्द्र बहादुर थापा, शिक्षक श्यामलाल गौतमले विदाई भई जाने विद्यार्थीलाई परीक्षा सफलता एवंम आगामी दिननमा थप प्रगतिको कामना स्वरुप शुभकामना मन्त्यव राख्नुभएको थियो ।

विदाई कार्यक्रमको सञ्चालक कक्षा ११ का विद्यार्थी असिम अधिकारीले गर्नुभएको शिक्षक भेषराज अर्यालले जानकारी दिनुभयो । त्यस विद्यालयबाट २०७८ सालको परीक्षामा कक्षा १२ का १ सय ७ जना विद्यार्थीले परीक्षामा सम्मेलित हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend