logo
  • शनिबार, असोज १० २०८३

नेकपा एसका बिरगंज महानगर भित्रका विभिन्न वडाका उम्मेदवारहरुको भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

रंजित चौरसिया,वीरगंज बैशाख  १८ ।

नेकपा एकीकृत ( समाजबादी )का बिरगंज महानगर भित्रका विभिन्न वडाका उम्मेदवारहरुको भेला सम्पन्न भएको छ । पार्टीको महानगर कमिटी द्वारा रोयल पार्टी प्यालेसमा आयोजित उम्मेदवारहरुको भेलाले बर्तमान गठबन्धन प्रती आपती जनाएको छ बिरगंज महानगरमा केन्द्रिय निर्णय बमोजिम बनेको चार दलिय गठबन्धन मध्येका दुई दल जसपा र नेपाली कांग्रेस एक पक्षीय ढंगले अगाडि बढेको बताउदै बर्तमन गठबन्धन प्रती आपती जनाएको हो । मेयर र उपमेयरका प्रत्यासीहरुले गठबन्धनमा सम्मेलित प्रत्येक दलका प्रत्येक वडाका प्रत्यासीहरु संग समन्वय गर्नुको सटा आ-आफ्ना दलका प्रत्यासीहरु संग मात्रै समन्वय गरी रहेको हुनाले यो गठबन्धनको औचित्य नरहेको उम्मेदवारहरुको ठम्याइ रहेको थियो । विभिन्न वडाका प्रत्यासिहरुले गठबन्धनका प्रमुख दलहरुले हाम्रो जनमतको अवहेलना गरि रहेकोले गठबन्धन दलका उम्मेदवारहरुलाइ मत हाल्न आफुहरु बाध्य नरहेको समेत बताएका थिए ।

भेलामा केही उम्मेदवारहरुले मन्तव्य राख्दै २०७४ सालको बिरगंज महानगरपालिकाको मत परिणाम अनुसार पहिलो र दोस्रो दल मिलिसकेको हुनाले अन्य कुनै दल वा थप जनमतको आवश्यकता नरहेको बुझाइ र घमण्ड जसपा र कांग्रेसमा पलाइ सकेको हुनाले आफ्नो जनमतको बैकल्पिक ब्यस्थापनमा लाग्न समेत नेताहरूलाई आग्रह गरेका थिए । बिरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरीको अध्यक्षता आयोजित भेलाले गठबन्धनको नाममा अपमान सहेर गठबन्धनको पछ्लगुवा नबन्ने समेत निर्णय गरेको छ ।

भेलामा पार्टीको पोलिटब्युरो सदस्य एवं बिरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य , जिल्ला अध्यक्ष बालगोपाल थापा , बिरगंज महानगरका उपाध्यक्ष मन्जुर आलम , सचिव बृजलाल पासवान , युवा संघ पर्साका इन्चार्ज अनिल पटेल लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend