logo
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क मिडिया प्रालिद्वारा भित्तेपात्राे विमाेचन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, गुल्मी बैशाख १८।
साझा नेटवर्क मिडिया प्रालिले भित्तेपात्राे विमाेचन गरेको छ । गुल्मीकाे सदरमुकाम तम्घासमा साझा नेटवर्क मिडिया प्रालिले आइतबार यस वर्षको भित्तेपात्राे विमाेचन गरेको हो ।
भित्तेपात्राे विमाेचन गर्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले साझा नेटवर्कले सुचनाकाे माध्यमबाट उल्लेखनीय भूमिका निर्वाह गरेको बताए। पत्रकारहरुले सहि सुचना सम्प्रेषण गर्नुपर्ने भन्दै भुसालले संचारमाध्यमका संस्था सबैका साझा संस्था भएको बताए । नगरपालिका प्रमुख भुसालले आगामी दिनमा पनि थप प्रगति गर्न साझा नेटवर्क मिडियालाई शुभकामना व्यक्त गरे । साझाले गुल्मी जिल्लामा रहेर क्रियाशील रुपमा पत्रकारिता गरिरहेका पत्रकार सन्तोष महतारालाई सम्मान गरेको थियो ।
भित्तेपात्राे विमाेचन कार्यक्रमका अध्यक्ष तथा साझा नेटवर्क मिडिया प्रालिका अध्यक्ष केशव कँडेलले अनलाइन पत्रिकाको रुपमा साझा नेटवर्क रहेको बताए । उनले साझालाई सहयोग गर्ने गुल्मीका सबै पत्रकारलाई धन्यवाद दिए । कँडेलले साझालाई कतारबाट ७ जनाले निरन्तर सहयोग गरिरहेकाे पनि बताए । भित्तेपात्राे विमाेचन कार्यक्रममा स्वागत मनतव्य राख्दै साझा नेटवर्क मिडिया प्रालिका सल्लाहकार हिम शिखर रसाइलीले एक दशक देखि सुचनाकाे माध्यमबाट निरन्तर क्रियाशील रहेको बताएका थिए ।

भित्तेपात्राे विमाेचन कार्यक्रमकाे संचालन पत्रकार मनाेज कार्कीले गरेका थिए । साझा नेटवर्क मिडिया प्रालि वि.सं. २०७३ आधिकारिक रुपमा दर्ता भई संचालनमा आएको हो । साझाले अघिल्लाे वर्ष पनि भित्तेपात्राे विमाेचन गरेको थियो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend