साझा नेटवर्क
यमलाल भुसाल, बुटवल बैशाख १४ ।
नेपाल ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेश कमिटीमा क्रियाशिल ट्रक व्यवसायी संघ संस्था र समितिहरु आन्दोलित भएका छन । ट्रक व्यवसायीहरु महंगिएको ईन्धनको बचत दूर्घटना रोकथाम र नेपाल सरकारले तोकेको ढुवानी भाडा प्राप्त गर्न सडकका उत्रिएका छन । सरकारले गर्ने काम व्यवसायीले आफै गर्न थालेका छन ।
व्यवसायीले भारतीय तथा नेपाली गाडीको ओभर लोड लाई पुरै नियन्त्रणका लागि सडकमै गाडी रोकेर ओभरलोड आएका गाडीको सामान पल्टी गर्न थालेका छन ।उनिहरुले ओभरलोडका कारण सडक तथा पुल पुलेसा ध्वस्त हुने गरेको र नेपाली ट्रक व्यवसायको पेशा नै चौपट हुदै गएकाले ओभर लोड नियन्त्रणलाई कडाई गरिएको बताएका छन ।
सरकारले भन्सार विन्दुमै भारतीय गाडीके ओभरलोड नियन्त्रण गर्नु पर्नेमा सो नगरेकाले व्यवसायीहरुले सडकमै उत्रिएर ओभरलोड नियन्त्रणमा जुटेको पश्चिमाञ्च यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीले बताउनु भयो ।
समितिका पदाधीकारीहरु र व्यवसायीहरु गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाको झरहीमा रहेको धर्मकाटा अगाडी जम्मा भएर ओभर लोड नियन्त्रण,का साथै ईन्धनको बचतका लागि लामो दुरीका ढुवानीका साधन ४ दिनको १ ट्रिप र छोटो दुरीको स्थानका लागि ३ दिनको १ ट्रिप हुने गरी संचालनको व्यवस्था मिलाएको पश्चिमाञ्च यातायात व्यवसायी समितिका महासचिव हरि प्रसाद कंडेलले बताउनु भयो ।
व्यवसायी संघसंस्थाले गरेको निर्णय अनुसार संचालन नहुने गाडीहरुलाई सडकमै रोकी भार मिलान गर्ने र ट्रिप अनुसार संचालनको व्यवस्था मिलाउन सडकमा आएको व्यवसायी गणेश मल्लले बताउनु भयो । समितिले गरेको निणर्य पालना नर्गर्ने गाडीधनीहरुलाई तथा चालकहरुलाई समितिले प्रदान गर्ने दूर्घटना विमाको सुविधा उपलब्ध नगराउने निर्णय गरेको नवलपुर उपाध्यक्ष पर्शुराम भण्डारीले बताउनु भयो ।
ओभर लोड ढुवानी गर्दा एका तिर गाडीको पाट पूर्जा ध्वस्त हुने चालकको ज्याना जोखिममा पर्ने र सडक तथा पुल पुलेसा विग्रिने भएकाले गाडी धनी र चालकलाई ओभर लोड घातक हुने हुनाले यस्ता गलत काम नर्गन पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भिमसेन घिमिरेले बताउनु भयो ।
जेहोस समितिहरुले गरेको अभियानले एकातर्फ ईन्धनको बचत हुने अर्को तर्फ सडक पुल पुलेसा जोगीने, नेपाली गाडीले काम पाउने र सरकारले तोकेको भाडा व्यवसायी पाउने कुरामा सबै व्यवसायीको साथ रहन जरुरी देखिएको छ । आन्दोलनमा समितिका उपाध्यक्ष गणेश घिमिरे, राजु केसी लगायतले समितिको निर्णय मुलुक भरीका यातायात समितिले लागु गर्न जरुरी छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend