साझा नेटवर्क
अनिल खत्री
१४ वैशाख, गुल्मी । गुल्मीमा १८ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्वर–६ का ४३ बर्षीय उमबहादुर नेपालीले १८ बर्षीय किशोरीलाई गत फागुन २ गते दौघामा रहेको स्थानीय लक्ष्मी नेपालीको गोठमा जवरवस्ती करणी पश्चात फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजतलास गरेको थियो ।
वैशाख १२ गते कार्यालयमा प्राप्त सूचना अनुसार निजलाई बैशाख १३ गते घरबाटै प्रकाउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधब खरेलले बताए । किशोरीको महिनावारी रोकिए पश्चात घर परिवारले स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गर्न लगेका थिए ।
मेडिकलमा स्वास्थ्य जाँच गर्दा किशोरीको गर्भ रहेको भन्ने थाहा भएपछी मात्र प्रहरीमा खबर गरेको प्रहरीले जनाएको छ । पक्राउ पश्चात निजलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend