logo
  • शनिबार, असोज १० २०८३

इस्माको दोहली स्वास्थ्यचौकीमा प्रयोगशाला, एक्सरे र इसिजी सेवा सुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी बैशाख १३।
इस्मा गाउँपालिका ४ स्थित दोहली स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा सुरु गरिएको छ। इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा संचालनसंगै नागरिकलाई सामान्य रोगको जाँच गर्न पनि तम्घास पुग्नुपर्ने बाध्यता हटेको छ।
दोहली स्वास्थ्यचौकीमा कार्यरत डाक्टर निश्चल शर्माका अनुसार प्रयोगशालाबाट रगतको सम्पूर्ण परिक्षण, कोलेस्टोल, सुगर, युरिक एसीड, मृगौला परिक्षण, कलेजो परिक्षण, मुटुको परिक्षण, दिशा तथा पिसाबको परिक्षण, गर्बवती महिलामा गरिने सम्पूर्ण रगत परिक्षण, सोडीयम तथा पोटासियम जस्ता नुनको परिक्षण गरिन्छ । त्यस्तै स्वास्थ्यचौकीमा इसिजी र एक्सरे सेवा बिस्तार गरिएको छ ।
गाउँमै प्रयोगशाला र एक्सरे सेवा संचालन भएपछि आफुहरुलाई पनि उपचारमा सहजता र बिरामीको गाडीभाडा र होटल खर्च बचत भएको डाक्टर शर्माले बताए । स्वास्थ्यचौकीमा डेढ बर्षदेखि मेडिकल अधिकृत शर्मा कार्यरत छन् । जसका कारण नागरिकलाई स्वास्थ्य उपचारमा सहज भएको छ । ‘बिरामी परेर सवै चेक गर्न तम्घास जाँदा पाँच हजारले पुग्दैन, इस्मा गाउँपालिका ३ का शेर बहादुर केसीले भने,‘गाउँमै सवै सुविधा पाएपछि गरिव र निमुखा खुसी छौ ।

’ स्वास्थ्यचौकीबाट इस्मा तथा मालिका गाउँपालिकाका गरेर दैनिक ५० जना भन्दा बढी बिरामीहरुले स्वास्थ्यचौकीबाट सेवा प्राप्त गरिरहेका छन् । गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले समेत प्रयोगशालाबाट सेवा प्राप्त गरेका छन् । उनले बिगतमा बिरामी हुँदा डोकोमा बोकेर तम्घास पुग्नुपर्ने इस्मामा स्थानीय तहपछि घर नजिकै मेडिकल अधिकृत र प्रयोगशालासहितको स्वास्थ्य सेवा नागरिकलाई प्रदान गर्न पाउँदा आफुहरु पनि खुसी भएको प्रतिक्रिया दिए ।

पालिका प्रमुख बिष्टले एक्सरे सेवा संचालनमा समन्वय गर्ने मान बहादु बस्नेत, स्वास्थ्यचौकीका डाक्टर शर्मा, गाउँपालिका टिम, वडाध्यक्ष लगायत सवैलाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend