logo
  • शुक्रबार, असोज ९ २०८३

नयाँ सोँच र दृष्टिकोण बोकेका युवा उमेद्धवार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, १२ बैशाख
मुसिकोट २ का महेन्द्र घिमिरे एउटा सशक्त युवा हुन् । सानो उमेरमै राजनैतिक एवं सामाजिक एवं स्थापित गरेका घिमिरेलाई अहिले मुसिकोट नगरपालिका २ को वडाध्यक्ष पदको लागि एमालेले उमेदवार बनाएको छ । गाउँमा बोडिङ्ग स्कुलको प्रीन्सिपल भएर शैक्षिक विकासमा घिमिरेले योगदान पुराएका छन् । दर्जनौ सामाजिक संघ÷संस्थाहरुको नेतृत्व गरेर कैयौ सफल कामहरु भएका छन् ।

उनले नगरपालिका समेत काम गरेका छन् । वैदेशिक रोजगारीको समेत अनुभव बटुलेका घिमिरेले गाउँमा उद्यम मार्फत रोजगारी सृजना गरेर आर्थिक तथा सामाजिक विकासमा काम गर्ने अठोट राखेका छन् । उनी अनेरास्ववियु, युवासघहुदै वडा कमिटी सचीव र अहिले मुसिकोट नगर कमिटी सचिवालय सदस्य छन् । उनलाई मुसिकोट नगर कमिटीले प्रचार प्रसार बिभागको उप संयोजक तथा प्रकाशन छपाई अभिलेखिकरण बिभागको सयोजकको रुपमा जिम्मेवारी दिएको छ ।

पार्टी काममा मात्रै नभएर सामाजिक कामको सक्रियताले उनी बिपक्षीहरु मफ पनि लोकप्रिय छन् । ११ बर्षको उमेर बुवा गुमाएपनि सानैदेखि परिश्रममा बिश्वास गर्ने घिमिरेले समाजसेवा र परिश्रम मार्फत आफुलाई समुदायमा स्थापित गरे । ०७४ स्थानीय तह निर्वाचनमा २ वडा चुनाब जिताउन घिमिरेको भूमिका अब्बल रहेको थियो । उनले जनताका काम र आलोचनाबाट नरिसाएर प्रस्तुत हुने घिमिरेको स्वभावको कारण सवैको माया र सद्भावले निर्वाचन जित्ने विश्वास व्यक्त गरे ।

घिमिरेको ३१ बर्षे युवा जोस, जाँगर र योजना वडाले पाउनु खुसीको कुरा हो । ठुला खेतीयोग्य फाँटमा व्यावसायी कृषि प्रणाली, अधुरा खानेपानी योजना, उज्यालो अभियान, गुणस्तरिय शिक्षा, घरघरमा स्वास्थ्य तथा सरकारी सेवाको पहुँच अभिवृद्धि गर्दै मुसिकोटको पर्यटन विकास मार्फत समृद्धि प्राप्त गर्ने लक्ष्य रहेको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend