साझा नेटवर्क
सज्जन ढकाल,गुल्मी बैशाख ११ ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर सात भुर्तुङ्ग छापचौरमा प्राचिन समय देखि जिल्लामै एेतिहासिक चिनारि बोकेको बैशाख पूर्णिमा मेला हुने भएको छ । सदाबहार युवा कल्ब र श्री दुर्गा भवन मा.बि को संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
विद्यालयको ६५ औं बार्सिकत्सव र २५६६ औं बुद्ध जयन्तिको अवसरमा ख्याति प्राप्त राष्ट्रिय कलाकारको साथमा बैशाख पूर्णिमा मेला २०७९ गरिने भएको हो । जेठ दुई गते देखि ९ गते सम्म कार्यक्रम सञ्चालन हुने छ । उक्त कार्यक्रममा ख्याति प्राप्त लोकदोहरि गायक गायिका पशुपति शर्मा अप्सन परियार सम्झना भण्डारि डान्सर बिनिता शाही र सगुन थापाको को विशेष प्रस्तुति रहने छ । साथमा प्रथम गिरि प्रसाद राना स्मृति कप वडा स्तरिय भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । विशेष गरि जेठ ८ र ९ गते पशुपति शर्मा र सम्झना भण्डारिको उपस्थिति रहने छ ।
विद्यालयका अन्तर सदनात्मक सदाबहार युवा कल्बको बिबिध सांस्कृतिक कार्यक्रम कालीगण्डकी स्तरिय अन्तर मा.बि भलिबल प्रतियोगिता संचालन गरिने छ । प्रथम गिरि प्रसाद राना स्मृति भलिबल प्रतियोगिताको प्रथम पुरस्कार पचास हजार दितिय चालिस र तृतीय पुरस्कार बिस सानत्वना पुरस्कार दश हजार राखिएको छ । बैशाख पूर्णिमा मेला २०७९ दुर्गा भवन माबिको प्राङ्गणमा सञ्चालन गरिने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend