logo
  • शनिबार, असोज १० २०८३

UWS नेपालद्वारा साझेदार बिद्यालयको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण भट्टराई,गुल्मी बैशाख ११ ।

युनाइटेड वर्ल्ड स्कुल्स नेपाल द्वारा गुल्मी जिल्लामा संचालित साझेदार बिद्यालयहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ । संस्था सङ्गको साझेदारिमा संचालित बिद्यालयहरु UWS वाग्ला, UWS जैसिथोक,UWS साउनेथुम,UWS बरारुख,UWS झेडी UWS मरभुङ ,UWS बुल्म,UWS खन्यारुख ,UWS पन्चमिपोखरी,UWS ईश्मा र UWS बडागांउमा स्थलगत अनुगमन गरि बिद्यालय ब्यबस्थापन समिती,शिक्षक अभिभावक संघ,बिद्यालय स्टाफ भेटघाट कार्यक्रम सम्पन्न गरिएको UWS नेपाल गुल्मी शाखा एजुकेसन अफिसर अनुज सिग्देलले जानकारी दिनुभयो ।स्थलगत अनुगमन कार्यक्रममा UWS नेपालका एजुकेसन डाइरेक्टर अभिनाश झा,गुल्मी शाखा एजुकेसन अफिसर अनुज सिग्देल,स्कुल मोविलाइजर मिना बोहोरा सिंजाली र भेषराज अधिकारी लगाएत संस्था प्रतिनिधिको उपस्थिती रहेको थियो । UWS नेपालले संखुवासभा गुल्मी र ताप्लेजुङ जिल्लामा गुणस्तरीय शिक्षाको लागि आवश्यक बिद्यालय भवन निर्माण ,शिक्षकको नियुक्ति ,शिक्षक तालिम,बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षाको लागि आवश्यक सामाग्रीको ब्यवस्था गराइ बिद्यार्थिको रुचि र चाहना अनुसार अध्यापन गर्न बिशेष तालिम, तालिम प्राप्त फेलो शिक्षकको ब्यवस्था गरि बिद्यार्थिलाइ आवश्यक शैक्षिक सामाग्री निशुल्क रुपमा उपलब्ध गराउदै आएको संस्थाका स्कुल मोविलाइजर भेषराज अधिकारीले जानकारी दिनुभयो ।UWS नेपालको अनुगमन टोलि समक्ष साझेदार बिद्यालयका प्रधानाध्यापकले बिद्यालयका प्रगती बिवरण ,भावी योजना तथा संस्थासङ्गका थप अपेक्षा समेटिएको प्रतिबेदन प्रस्तुत गरिएको UWS बडागांउका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभयो । बिद्यालयद्वारा प्रस्तुत प्रतिवेदन अध्ययन पश्चात् संस्थाका एजुकेसन डाइरेक्टर अभिनास झा ले कक्षाकोठाको सजावट ,बिद्यार्थिका खेलकुद लगाएत अतिरिक्त क्रियाकलाप ,प्रत्येक कक्षाकोठामा अध्यापन तालिका,बिद्यार्थिलाइ मनोरन्जनात्मक लाइब्रेरी पिरियडको ब्यवस्था,बाल क्लबको सकृय सहभागिता,सुरक्षित परिणाम प्रकाशन लगाएतका ब्यवस्था मिलाउन बिद्यालयलाई आग्रह गर्नुभएको थियो । त्यस्तै बिद्यालयको सौन्दर्यतालाई दृष्टिगत गरि बिद्यालय रङरोगन तथा आवश्यक सामग्रीको उपलब्धता गराउन संस्था सकारत्मक रहेको एजुकेसन डाइरेक्टर झा ले स्पष्ट पार्नुभयो ।

त्यस्तै संस्थाका गुल्मी शाखा एजुकेसन अफिसर अनुज सिग्देल ले गुणस्तरीय शिक्षाको लागि आवश्यक शिक्षक तालिम तथा शैक्षिक सामाग्री लगाएत आवश्यक काम गर्न जनशक्तिको उपलब्धता रहेको भन्दै अवको कार्यदिशा गुणस्तरीय शिक्षा हुनुपर्नेमा जोड दिनुभएको थियो ।यसैबिच UWS बडागांउमा कार्यरत फेलो शिक्षक लहना महर्जनलाइ एक कार्यक्रमबिच बिदाइ गरिएको छ । गत शैक्षिक सत्रमा एक बर्षे करार मा नियुक्त भै आउनुभएको फेलो शिक्षकको समय अवधी समाप्त भएकोले औपचारिक बिदाइ गरिएको बिद्यालयका प्रधानाध्यापक दुर्गा राकसकोटिले बताउनुभयो।बिदाइ कार्यक्रममा बिद्यालयको तर्फबाट प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend