logo
  • शुक्रबार, असोज ९ २०८३

विन्दवासनी गाउपालिकामा चौरसिया हाबी, अध्यक्षको उम्मेदवारी दिने घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रञ्‍जित चौरसिया,  वीरगंज, वैशाख १०।
स्थानीय तहको निर्वाचन नजिक्दै जादा आ—आफ्नो दलबाट उम्मेदवारी दिने घोषणा भइरहेकै बेला पर्सा जिल्लाको बिन्दवासनी गाउपालिका अध्यक्ष पदमा बिवेक चौरसिया उम्मेदवारी दिने घोषणा गरेका छन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिन्दवासनी गाउपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट बिवेक चौरसिया उम्मेदवारी दिने घोषणा गरेका हुन ।

बिन्दवासनी गाउपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी बिवेक चौरसियाले स्थानीय तहमा बढ्दै गएको भ्रष्टाचारलाई निराकरण गर्नको निम्ति आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन । बिन्दवासनी गाउपालिका सभापति समेत रहेका चौरसियाले अगामी हुने निर्वाचनमा आफ्नो उम्मेदवारी नेपाली कांग्रेसतर्फबाट दिने बताएका छन ।

जनताको हक हितका लागी लडिरहने विवेक चौरसिया अगामी हुने निर्वाचनमा जनताले मन पराए अवश्य नै जित हासिल गर्न सक्ने आश्वसन लिएको समेत बताए । बिन्दवासनी गाउपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने विवेक चौरसियाको घोषणा संगै नेपाली कांग्रेसमा धमाधम पार्टी प्रवेश हुन लागेको स्थानीयवासीहरुले बताएका छन ।

बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश हुनुको संख्यामा बृद्धि एको स्थानीयले बताएका हुन । ५ वटा वडा रहेको बिन्दवासनी गाउपालिकामा यसपालि हुने निर्वाचनमा नेपाली कांग्रेस अग्रपंतीमा रहने अनुमान समेत गरिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend