logo
  • शुक्रबार, असोज ९ २०८३

पश्चिम बाग्लुङका ५ गाविसद्धारा प्राबिधिक समितिले गरेको निर्णय स्वीकार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिश शर्मा गैरे, प्रकाश घिमिरे, गुल्मी भदौ २८ ।
पश्चिम बाग्लुङका ५ गाबिसले गत भाद्र १६ गते जिल्ला प्राबिधिक समितिले गरेको निर्णय लाई स्वागत गर्ने निर्णय गरेका छन । आज ५ गाबिसका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहितको २ ठाँउमा बसेको बैठकले निर्णयलाई भब्य स्वागत गर्दै छिटो कार्यान्वयन र्गा माग गरेका छन ।

ग्वालीचौर, भिमगिठे तथा दर्लिङ् गाँउ बिकास समितिका बिभिन्न राजनीतिक दलहरुले भिमगिठेमा बैठक बसी सोही निर्णय गरेका हुन । निर्णयमा भनिएको छ, सघिंय राज्यको ब्यबस्था अनुसार जिल्ला प्राबिधिक समितिले गत भाद्र १६ गते पश्चिम गाबिसका सात गाबिसहरु मिलाई गरेको बढिगाड गाँउपालीका र ग्वालीचौर केन्द्रको प्रस्ताब बैज्ञानिक, बस्तुगत तथा सघिंयताको मुल मर्म अनुरुप भएको भन्दै यस निर्णयको भब्य स्वागत गर्ने निर्णय गर्दछौ ।

बैठकमा भिमगिठेका नेपाली काङ्ग्रेसका दिपेन्द्र प्रताप केसी, नेकपा एमालेका गाबिस इन्चार्ज दिपक रायमाझी, नेकपा माओबादी केन्द्रका इन्चार्ज जित बहादुर थापा उपस्थित हुनुभएको थियो भने ग्वालीचौरबाट नेपाली काङ्गेसका प्रतिनिधि शुभलाल घिमिरे, नेकपा एमालेका प्रतिनिधि तिर्थमणि भुषाल, तथा दर्लिङ् गाबिसका नेपाली काङ्ग्रेस सभापति भरत केसी, नेकपा एमले अध्यक्ष कृष्ण केसी तथा नेकपा माओबादी केन्द्रका जीवन बिक, तथा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

बैठकमा दर्लिङ् गाबिसका पुर्ब गाबिस अध्यक्ष राम प्रसाद भट्टराइको सभातित्व रहेको थियो भने सहजीकरण स्थानीय शान्ति समिति भिमगिठेका संयोजक कृष्ण भट्टराइले गर्नुभएको थियो । उता ग्वालीचौर, जलजला तथा रणसिँह किटेनी गाबिसका राजनीतिक दलहरु रणसिँह किटेनीको नेटाखर्कमा बैठक बसी सोही अनुसारको निर्णय गर्दै प्राबिधिक टोलीको निर्णय लाई भब्य स्वागत गर्ने निर्णय गरेका छन ।

बैठकमा ग्वालीचौरका राजनीतिक दलका मध्ये नेपाली काँग्रेसका सभापति अर्जुन खरेल, एमालेका अध्यक्ष कमलराज आचार्य, नेकपा माओबादी केन्द्रका अध्यक्ष कलाधर घिमिरे, शान्ति समितिका संयोजक नेत्र प्रसाद गौतम, नागरीक समाजका प्रतिनिधि चेतनारायण आचार्यको उपस्थिती रहेको थियो भने रणसिँहकिटेनीबट नेपाली काङ्ग्रेसका बाट सभापति जित बहादुर घर्ती, नेकपा एमाले अध्यक्ष भागीरथ काउचा, नेकपा माओबादी केन्द्रका अध्यक्ष भिम बहादुुर काउचा, राष्ट्रिय जनमोर्चाका बल प्रसाद श्रीस लगायतको उपस्थिती रहेको थियो ।

बैठकले प्राबिधिक समितिले गरेको निर्णयलाई भब्य स्वागत गर्ने बताउँदै निर्णय छिटै कार्यान्वयनको माग गरेका छन । उता जलजलामा पनि राजनीतिक दलहरुको भोली बैठक बसी सोही निर्णय गर्ने निर्णय गर्ने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend