साझा नेटवर्क
जोगिन्द्र मल्ल,प्युठान बैशाख ९ ।
यहि बैशाख ३० गते हुन गई रहेको स्थानीय तह निर्वाचनमा प्युठान जिल्लाका ९ वटा स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
यसै बिच एक कार्यक्रम गरि गौमुखी गाउँपालिकामा पनि कार्यालयको उद्घघाटन गरिएको छ । निर्वाचन आयोग नेपाल स्थानीय तह सदस्य निर्वाचन २०७९ सम्पन्न गर्न गौमुखी गाउँपालिका आउनु भएका निर्वाचन अधिकृत राम प्रसाद ज्ञवालीले निष्पक्ष ,स्वच्छ, धादली रहित र मर्यादित गरि सम्पन्न गर्न क्रियाशिल राजनैतिक दलहरुलाई सहभागी गराइ आ आफ्नो ठाँउ बाट सहयोग सद्भभाब अपरिहार्य रहेको तथा निर्वाचन सम्पन्न गर्न राजनैतिक दलको अहम भुमिका रहेको बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend