साझा नेटवर्क
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छिन् ।
भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ ।
भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend