साझा नेटवर्क
अनिल खत्री
७ बैशाख, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले कलाकारीताको अभियान्ता ईन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कंडेललाई सम्मान गरेको छ । प्रतिष्ठानले जिल्ला सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर ईन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कंडेलले गीत संगीतको क्षेत्रसँगै सामाजिक क्षेत्रमा गरेको योगदानको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए ।
कंडेललाई प्रतिष्ठान गुल्मीका अध्यक्ष पूर्वअध्यक्षहरुले सम्मान पत्रले सम्मान गरेका थिए । कंडेलले पछिल्लो समय लोक गीत संगीतसँगै सामाजिक क्षेत्रमा दिन दुखीहरुको घाउमा मलम लगाउने काम गर्दै आएका छन् ।सम्मान ग्रहरण गर्दै कंडेलले प्रतिष्ठान गुल्मीले गरेको सम्मानले अझ बढि काम गर्ने शक्ति प्रदान गरेको बताए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले उठाएका कुनैपनि विषयमा ईन्द्रेणी कार्यक्रम सधै साथमा रहेको बताए ।
सेवा, सन्देश र मनोरञ्जनको नारा बोकेर ईन्द्रेणी कार्यक्रम १३ वर्षसम्म निरन्तर लोक संगीत क्षेत्रसँगै सामाजिक कार्य गर्दै आएको बताए । उनले अब ईन्द्रेणीले पुराना संस्कृतिको संरक्षण र रेकर्डको लागि काम गर्ने कंडेलले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend