साझा नेटवर्क
अनिल खत्री
३० चैत, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले सामाजिक अभियान्तालाई सम्मान गरेको छ । बुधवार जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा बोधिसत्व बिहार काठमाडौंका वरिष्ठ सल्लाहकार सामाजिक अभियान्ता शान्त शर्मालाई सम्मान गरेको हो ।

शर्मालाई प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्री, निवर्तमान अध्यक्ष जनक पन्थ लगायतले सम्मान पत्रले सम्मान गरेका हुन् । दोस्रो लहरको कोरोना महामारीको समयमा गुल्मी जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुलाई अक्सिजन कन्सटेटर लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।
बोधिसत्य बिहार काठमाडौंले जिल्लामा सामाजिक अभियान्ता तथा गायक तिलक बस्नेको पहल र प्रतिष्ठानको सहकार्यमा करिव १ करोड बाराबरको स्वास्थ्य सामाग्रहरु सहयोग गरेको प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए । प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले कोरोना महामारीमा बोधिसत्य बिहार काठमाडौं र शान्त शर्माले खेलेको भूमिकाको प्रसंसा गरेका थिए ।
उनले आगामी दिनहरुमा पनि जिल्लाको निम्ति सहयोग गर्न आग्रह गरे । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बोधिसत्व बिहारले कोरोना महामारीमा गरेको महान कार्य जिल्लावासीले कहिल्यै भुल्न नसक्ने बताए ।उनले जिल्लाको कुनैपनि विपदमा आगामी दिनहरुमा सहयोग गर्न आग्रह गरे । कार्यक्रममा सम्मानित बोधिसत्व बिहार काठमाडौंका बरिष्ठ सल्लाहकार शर्माले कोरोना महामारीमा लोक तथा दोहोरी गीत प्रतिष्ठानले खेलेको भूमिकाको उच्च मुल्याङकन गरे ।उनले जसरी बोधिसत्व बिहारले निस्वार्थ भावले सामाजिक कार्य गरेको थियो त्यसरी नै प्रतिष्ठान गुल्मीले पनि भूमिका खेलेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend