साझा नेटवर्क
साझा नेटवर्क, अर्घाखाँची चैत २९।
नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले एमालेले विरूद्व सत्ता गठबन्धन दलले मिडियालाई समेत दुरुप्रयोग गरेकाे आराेप लगाउनुभयाे ।
केही मिडिया सञ्चालकलाई प्रयाेग गरि मिडिया मार्फत अफवाह फैलाउने काम भइरहेकाे बताउनुभयाे । प्रेस चाैतारी समद्व पत्रकारले तथ्यकाे आधारमा सत्य स्थापित गरि जनतालाइ सचेत बनाउन आग्रह गर्नुभयाे ।
सोमबार भयेको प्रेस चाैतारी जिल्ला शाखाकाे बैठकलाई सम्बाेधन गर्दै भुसालले एमालेले सग एक्लै लड्ने तागत नभएर पाच दलकाे गठबन्धन गरे पनि फेरि एमालेले जित्ने आधार भएपछि गठबन्धन आतकित भइरहेकाे बताउनुभयाे ।
जनता विना दलकाे गठबन्धनले एमाले अर्घाखाँचीलाई कुनै असर नपार्ने बताउदै एमालेका उम्मेदवार लाई विजय यात्रामा कसैले राेक्न नसक्ने बताउनुभयाे । अध्यक्ष भुसालले एमालेमा प्रवेशकाे लहर रहेकाे बताउदै अझै हजाराै प्रवेश गर्ने बताउनुभयाे ।कार्यक्रम प्रेस चाैतारी केन्द्रीय निर्वाचन आयाेगका अध्यक्ष गणेश खनाल,लुम्बिनी प्रदेश अध्यक्ष शाेभाकर पन्थी,पार्टी फ्याक्सन इन्चार्ज हिमबहादुर जिसि,केन्द्रीय प्रतिनिधि नविन केसि लगाएले मन्तव्य राख्नुभएको थियाे ।
प्रेस चाैतारी जिल्ला अध्यक्ष वसन्त श्रेष्ठकाे अध्यक्ष,सचिव माधव बेल्वासेकाे सञ्चालनमा सम्पन्न बैठकले विभिन्न निर्णय समेत गरेकाे जनाइएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend