साझा नेटवर्क
अनिल खत्री
२८ चैत, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव कृषि,पशुपन्छिलाई उच्च प्रथामिकता दिइएको छ । गुल्मी जिल्लामा उत्पादित बिभिन्न कृषि, घरेलु उद्योगबाट उत्पादीत वस्तुको प्रर्दशन तथा बजारीकरणमा टेवा पुर्याउने लक्ष्य लिइएको छ ।गुल्मी महोत्सवमा जिल्लाबाट स्थनीय कच्चा पदाथए प्रयोग गरेर उत्पादन हुने सामाग्रीसँगै कफी, तरकारी, माहुरी, च्याउ, माछा, फलफुल, तरकारीका बिरुवा, जिल्लाको प्रसिद्ध गुणका परिकार अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिएको छ । जसले गर्दा महोत्सवमा आकर्षण बढाएको छ । नेपालमै कफी खेतीको सुरु गर्ने उद्यगम जिल्ला गुल्मी हो ।
महोत्सवमा जिल्लाको अर्गानीक कफी प्रर्दशनमा राखिएको छ । त्यस्तै जिल्लामा परिचित थोर्गाको अर्गानीक स्वादिष्ट गुडका परिवार पनि राखिएको छ ।वुल्ममा कुमाल समुदायले निर्माण गर्ने माटाका भाडा बनाउने कार्यलाई पनि महोत्सवमा पर्दशनमा ल्याइएको छ । पलाष्टिका भाडाले लोप हुनलागेको सेरामीक्स उद्योगलाई प्रर्वद्धन गरिएको छ ।
जसले गर्दा बजारी करणमा टेवा पुग्ने अपेक्षा कृषकहरुको रहेको कृषक गोकर्ण नेपालीले बताए । उनले महोत्सवमा घाँसका विरुवा ल्याएको छन् । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख लक्ष्मण घिमिरेले कजिल्लामा स्थानीय कच्चा पदार्थबाट उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गरेर जिल्ला बाहिर निर्यात गर्नु प्रमुख उदेश्य रहेको घिमिरेले बताए ।
चैत २५ गतेबाट सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ । कृषिसँगै जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधीभर प्रर्दशन गरिएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend