logo
  • शनिबार, असोज १० २०८३

गुल्मी महोत्सवको दोस्रो दिन आदा दर्जन राष्ट्रिय कलाकारको प्रस्तुती रहने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी चैत २५ ।
गुल्मी महोत्सवको दोस्रो दिन अर्थात चैत २६ गते आदा दर्जन वढि राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको छ । महोत्सवमा प्रत्येक दिन हुने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारसँगै गुल्मी जिल्लाबाट राष्ट्रिय तथा स्थानीय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती रहनेछ ।
जस अनुसार महोत्सवको दिन चैत २६ गते शनिवारका दिन लोप्रिय गायक चन्द्र शर्मा, कुलेन्द्र बिक, सीता राना, सुनिल थापा, कल्पना कुसुम, अनु राना लगायतका कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए ।महोत्सवको प्रत्येक दिन स्थानीय तहबाट तह बिषेश झाँकीहरु पनि राखिने भएको छ ।

१० दिनसम्म चल्ने महोत्सवमा साँस्कृति कार्यक्रमको संयोजन लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले समन्वय गरेको प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।

गुल्मी वासी कलाकार र राष्ट्रिय कलाकारहरुको संजन गरेर महोत्सवमा कलाकाहरु राखिएको पन्थले बताए । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ ।

महोत्सवमा बिभिन्न औधोगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुसँगै गुल्मी जिल्लामा बिभिन्न जाती बिशेष रहेका खाना परिकारहरु, बिभिन्न सँस्कृति झल्कीने झाँकीहरु पनि महोत्सव अबधीभर प्रर्दशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend