साझा नेटवर्क
अनिल खत्री, गुल्मी चैत्र २५ ।
देशभर नै स्थानिय तहको चुनावको माहोल तातिरहदा गुल्मीमा पनि स्थानीय नगरपालिका, गाउँपालिका र वडामा धमाधम उम्मेद्वारी घोषणा भै रहेका छन् । यसै शिलशिलामा गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका युवा समाजसेवी सुशील चन्द वडा नम्बर १ को अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार चयन भएका छन ।
लामो समय देखि समाजसेवा सँगै नेपाली काङ्ग्रेस अग्लूंग बाट राजनीति गर्दै आएका चन्द शुक्रबार सर्वसहमति वडा अध्यक्ष पदको उम्मेदवारका लागि चयन भएको नेपाली काङ्ग्रेस अग्लुङ्गका उसभापति पुर्ण खत्रीले जानकारी दिनुभयो । सानै उमेर देखि समाजसेवामा लागेका चन्द अग्लुंगमा समस्यामा परेका स्थानीयहरुको सारथिको रुपमा काम गर्दै आएका छन् ।
स्थानीय बासीको समस्यालाई आफ्नै समस्या जस्तै मान्ने चन्द स्थानि स्तरमा हुने अनियमितता,ढिलासुस्ती र सेवा प्रवाहमा चुस्त राख्नको लागि आवाज उठाउदै आएका छन् ।
कक्षा ८ मा पढ्ने बेला देखि नेपाल विद्यार्थी संघमा आबद्ध भएका चन्द नेपाली काङ्ग्रेसबाट राजनीतिमा होमिएको झन्डै १ दशक भएको छ । पछिल्लो पटक राजनीत सँगै समाजसेवाका कार्य समेत गर्दै आएका चन्दले स्थानीय वासिन्दाहरुको हरेक समस्यामा साथ दिदै आएका छन ।
नेपाली कांग्रेस अग्लुंग बाट अध्यक्ष पदको लागि आकांक्षी अन्य धेरै व्यक्तिहरु भएपनि पार्टीले बिश्वास गरेर उम्मेदवार बनाएको र अब आफू अध्यक्षको प्रत्यासी बनेर स्वच्छ प्रतिस्पर्धामा भाग लिने र अझै लामो समय जनताको साथमा रहेर जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा आफु विस्वस्त रहेको उनले बताएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend