logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा हरित स्वयंसेवकलाई प्रविधि सिकाई तालिम


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री
२५ चैत, गुल्मी । कृषिको दुतको रुपमा काम गर्दै आएका हरित स्वयंसेवकको लागि प्रविधि सिकाई तालिम दिइएको छ । कृषि ज्ञानकेन्द्र गुल्मीले गाउँमा अगुवाको रुपमा काम गर्दै कृषिमा लाग्न अन्यलाई पनि प्रोत्सान गर्ने हेतुले हरित प्रविधि सिकाई तालिम दिइएको हो ।जिल्ला सदरमुकाम तम्घासमा ३ दिनसम्म हरित स्वयंसेवकको लागि प्रविधि सिकाई तालिम दिइएको छ । तालिममा जिल्लाका विभिन्न स्थानिय तहका ३८ जना हरित स्वसेवकहरुको सहभागीत रहेको थियो ।

२ बर्ष अघि देखि हरेक वडामा कृषिको दुतको रुपमा खटाउने प्रदेश सरकारक कार्यक्रम अनुसार ९३ वटै वडाबाट एक एक जना हरित स्वयंसेवक छनौट गरिएको थियो । गाउँमा अगुवाको रुपमा काम गदै कृषिमा लाग्न अन्यलाई पनि प्रोत्सान गर्ने हेतुले हरित स्वयमसेवक बनाईएको हो ।प्रत्येक वडाबाट छनौट भए पनि अहिले कृषि र भेटेनरीकार्यालय सँग सम्बन्धीतलाई वर्गिकरण गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले नमुना कृषकको रुपमा छनौट भई तालिममा सहभागीहरुले अन्य कृषकहरुलाई पनि व्यवसायीक बन्न प्रोत्साहन गर्ने भण्डारीले बताए ।

हरित स्वयंसेवकहरुले अन्य कृषकहरुलाई व्यवसायिक बन्न लागि आवश्यक सल्लाह र प्राविधिक ज्ञान समेत प्रदान गर्ने भण्डारीले बताए । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले कृषि नभइ भोकमरी, गरिवी अत्य गर्ने सम्भव नभएको बताए ।कृषि नगरेर पनि धनि हुन सकेपनि संरसारलाई गरिवी, भोकमरी अत्य गर्न कृषि महत्वपूर्ण रहेको बताए । प्रजिअ पौडेलले कृषि पेशा अझै पनि सम्मानित पेशा बन्न नसकिरहेको भन्दै कृषि बिना दिगो विकास समेत हुन नसक्ने विचार अघि सारे ।
तर राज्यको ध्यान कृषिमा कम गइरहेकाले अब नीति निर्माण गर्ने सन्दर्भमा कृषिलाई पृष्ठपोषण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संसारकै मुख्य एजेण्डा गरिबी र भोकमरी हटाउने रहेको बताए । पौडेलले कृषिबाटै गरिबी र सबै प्रकारका भोकमरी हटाउन सकिने बताए ।

‘कृषि नभई विकास दिगो हुन सक्दैन् । जति धनि मुलुक भएपनि कृषि छैन् भने त्यो देश राम्रो मानिदैन् ।’ प्रजिअ पौडेलले उदाहरण दिंदै भने,–‘पैसा प्रशस्तै छ । प्रतिव्यक्ति आम्दानी पनि प्रशस्तै छ तर त्यति कृषि छैन् भने त्यो देश त्यति धेरै राम्रो मानिदैन् ।’यही कुरालाई आत्मसाथ गर्दै तेल बेचिरहेका खाडी मुुलुकहरुले पनि अहिले कृषिमा लागिरहेका बताए । कृषिको विकल्प नहुने भन्दै कृषि पेशालाई सम्मानित पेशा बनाउन सबै लाग्नुपर्ने बताए ।

हरित स्वयंसेवकहरुले तालिमले कृषि कर्म गर्न थप उर्जा थलेको बताएका थिए । कालीगण्डकी गाउँपालिका–३ जयखानीका ४७ वर्षिय प्रकाश पाण्डे मगरले तालिमले उर्जा मिलेको बताए ।मगर हरित स्वंयम सेवक कृषक हुन् । उनले विगत पाँच वर्ष देखि व्यवसायिक केरा खेती गर्दै आएका छन् ।२० रोपनीमा केरा खेति गर्दै आएका मगरले ६ सय बोट सुन्तला र ३ सय बोट कागती खेती पनि लगाएका छन् । ४ वटा टनेलमा बेमौसमी तरकारी खेती समेत गर्दै आएका छन् ।

मगरलाई कृषि ज्ञान केन्द्रले पनि सहयोग गर्दै आएको छ । पालिकाबाट पनि सहयोग छ । कृषि ज्ञान केन्द्रले केरा खेती विस्तारका लागि ३ लाख अनुदान सहयोग ग¥र्यो ।
पालिकाले पनि २ लाख सहयोग ग¥र्यो । कृषि ज्ञान केन्द्रले समय–समयमा कृषकहरुको क्षमता तथा सीप विकासका लागि तालिम समेत दिँदै आएको छ ।समाजमा उनी नमुना कृषकको रुपमा परिचित छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेका भविन्द्र घर्ति पनि नमुना कृषकको रुपमा परिचित छन् ।

उनले रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा व्यवसाययिक रुपमा मिश्रित व्यवसाय गर्दै आएका छन् । २० रोपनी भन्दा धेरै जग्गामा तरकारी खेती गर्दै आएका छन् ।उनीसंग अहिले ३२ बटा बङ्गुर, ३० वटा बाख्रा समेत छन् । आफै हरित स्वंयम सेवक पनि भएकाले आफ्नो वडामा पुगी अहिले व्यवसायिक कृषकका लागि प्रोत्साहन गर्ने बताए ।
हरित स्वंयम सेवक सञ्जालका अध्यक्ष कृष्णबहादुर बस्नेतले कृषि नीति नभएका कारण कृषकहरुलाई समस्या भएको बताए । बजारीकरण समस्या रहेको बताउँदै उनले राज्यले कृषिमा लगानी बढाउनुपर्ने बताए ।

कृषिमा थोरै लगानीले कृषकको समस्या समाधान नहुने बस्नेतको भनाइ छ । सहभागीहरुले तालिम अत्यन्त प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरु सञ्चालन गर्न आवश्यक रहेको औंल्याएका छन् ।कृषि ज्ञान केन्द्रका अधिकृत हरिप्रसाद आचार्यका अनुसार यस जिल्लाका ७३ वडामा हरितस्वंयम सेवक सञ्जाल गठन गरिएको छ । तालिम समापन कार्यक्रममा हरित स्वयमसेवकहरुले स्थानिय कृषकले उत्पादन गरेको बस्तुले बजार पाउन गाह्रो नभएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend