साझा नेटवर्क
अनिल खत्री
२४ चैत, गुल्मी । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ ।
बिहिवार वामीटक्सारमा बसेको नेकपा एमाले मुसिकोट नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारि गरेको नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेले बताए ।खरेल नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरपालिका इन्चार्ज समेत रहेका छन् । उपप्रमुख पदमा भने धेरै आकांक्षी भएपछि तीन जनाको नाम सिफारिस गरेको छ ।
उपप्रमुखमा कमला शर्मा, सिता भुसाल, गंगा श्रेष्ठको दावी गरेका छन् । नगरपालिकामा अन्य पार्टीले भने उम्मेदवार छनोट गरेका छैनन् । मुसिकोट नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालले अध्यक्ष उपाध्यक्ष जीतेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend