logo
  • शनिबार, असोज १० २०८३

धुर्कोट गाउँपालिकामा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा विस्तार


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी चैत्र २३ ।

मेगा बैंक नेपाल लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले धुर्कोट गाउँपालिकाको वडानम्बर–३ हाडहाडेमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए । शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र ेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले उद्धघाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै अध्यक्ष पोखरेलले ग्रामीण भेगका जनताको सेवाको निम्ति बैंक आएको बताए । उनले यसक्षेत्रका नागरिकलाई बैंकिङ्ग सेवाको निम्ति सदरमुकाम धाउनु पर्ने बाध्यतालाई अत्य गर्न सेवा बिस्तार भएको बताए । उनले प्रत्येक नागरिकले एक सय रुपैयाँ कमाउदा एक रुपैयाँ बचत गर्नुपर्ने बानीको विकास गर्न आग्रह गरे ।ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए । शाखा रहित सेवा बिस्तारमा बिभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend