logo
  • शुक्रबार, असोज ९ २०८३

दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड – २०२२ हुने

निशुल्क आबेदन फारम खुल्ला 


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं चैत्र २३ ।

मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “ दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२२” हुने भएको छ । मौलिक कला, संस्कृति, गित संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई अवार्ड तथा सम्मान प्रदान गर्ने उदेश्यले मनोरन्जन तथा संगीतका विभिन्न विधा तर्फ “दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२२” गरिने भएको हो । “दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२२” यहिं आउँदो जेष्ठ महिना २०७९ भित्र काठमाडौंमा गरिने भएको छ ।अवार्ड आबेदनको लागि दर्ता फारम निशुल्क गरिएको छ भने बैसाख २० गते सम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०२० जनवरी देखि २०२१ डिसेम्बर सम्मका गित संगीतहरुलाई समाबेश गरिने भएको छ भने नब प्रतिभाको हकमा २०२१ भित्र गित निकालेको हुनु पर्नेछ । क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यबस्थापनमा हुन लागेको यस अवार्ड कार्यक्रमको संयोजक तथा संस्थापक निर्देशक सुर्य चन्द रहेका छन् । उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार, होलि) भेग बिसेष (पुर्बेली, काठे, पश्चिमेली) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गित, म्युजिक भिडियो मोडल, चलचित्रका सम्पूर्ण विधा, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । “दोस्रो नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२२” को लागि आबेदन फर्म भर्न चाहने इच्छुक व्यक्तित्वले निशुल्क फर्म भर्न पाउने छन् । फारम भर्नको शुभकामना मिडिया सोलुसनको कार्यालय सामाखुसी र क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend