logo
  • शनिबार, असोज १० २०८३

एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको पाँचौ आसन्न अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः बराल


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सुबास बस्नेत, नयाँ दिल्ली  चैत २२।
भारतमा छरीएर रहेका नेपाली तथा गोर्खाली समुदायका ब्यबसायीहरुको छाता संगठन एभरेष्ट चेम्बर्स अफ कमर्स एण्ड इन्डष्ट्रिजको पाँचौ आसन्न अधिवेशन दिल्ली एनसीआर क्षेत्र नोएडामा आइतबार सम्पन्नत भएको छ।
कार्यक्रममा उद्योग ब्यबसायी अरुण सुवेदीले प्रमुख अथितिकोरुपमा सम्बोधन गरेका थिए। “राजनैतिक प्रदुषणका कारणले नेपालको ब्यबसाय धरासायी भएको हो, कांग्रेस र कम्युनिस्टको चिया पसलमा चियाको स्वाद फरक हुदैन” उनले भने। व्यापार गर्नु भनेको नाफा कमाउनु हो त्यसैले ब्यबसायमा राजनीतिकरण गर्नु हुदैन भन्ने उनको भनाइँ रहेको थियो।
अधिवेशनमा नेपाल उद्योग बाणिज्य महासंघका स्वास्थ्य तथा शिप समिति अध्यक्ष हेमराज ढकाल, सडक याताया एवं परिवहन समिति अध्यक्ष प्रकाश सिंह कार्की, नेपाली राष्ट्रिय व्यापार संगठनका महासचिव रामजी बराल, निर्वाणा लक्जरीका अध्यक्ष सुनिल जंग रायमाझि, ग्लोबल कन्सल्टेन्सिका निर्देशक महेश जोशी तथा राज लक्ष्मी जोशी, अपेक्स ग्लोबलका अध्यक्ष दुर्गा सुबेदी लगाएतका उद्योग ब्यबसयीहरुको उपस्थीति रहेको थियो।
“नेपाल भारत बीचको ब्यबसायिक माध्यमलाइ प्रभावकारीरुपमा अगाडी बढाउनु र दुई देश बिचको व्यवसायिक मित्रता कायम राख्नु नै हाम्रो मुख्य उदेश्य हो” चेम्बर्सअध्यक्ष युबराज बरालले भने। त्यस्तै चेम्बर्सका संस्थापक अध्यक्ष चिरन्जीवी मरासिनीले आफुहरुले स्थापना गर्दा सोचेको भन्दा फोरम धेरै माथि पुगेको बताए।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा उपस्थित नेपाली राजदुतावासमा नयादिल्लीका शिक्षा तथा कल्चरल बिभाग काउन्सलर यदुनाथ पौड्यालले अवका सन्ततिहरु नोकरी नभएर ब्यापारमा लाग्नु पर्ने बताए।

चौथों कार्यकालका अध्यक्ष युबराज बराल र महासचीव डा मोहन कार्की पुन पाचौ कार्यकालको लागि सोहि पदमा सर्वसम्मत चयन भएका छन्। अधिवेशनमा प्रोफेसर डा युबराज पोख्रेलको नेतृत्वमा वरिष्ठ पत्रकार आकाक्षा शाह, सामाजिक व्यक्तित्वहरु ठाकुर खनाल, आरबी खड्का, रघुनाथ पाण्डे र वेद प्रकाश शर्माले निर्वाचनको कार्य समालेका थिए।

अध्यक्ष युबराज बरालको नेतृत्वमा पाचौ कार्यकालका लागि चयन गरिएको मूल समिथी तथा बिभागिए समिति र पदाधिकारीको विवरण, उपाध्यक्षमा देवेन्द्र कुंवर, बिराट श्रेष्ठ र डोलराज भण्डारी निर्वाचित भएका छन्। त्यस्तै महाचिवमा पुर्व सहासचिव डा मोहन कार्की पुन सर्वसम्मत चएन भए। उपमहासचिवमा गोविन्द पोख्रेल, एलपी पाण्डे, कोषाध्यक्षमा सीए सुमन आत्रेय र सहकोषाध्यक्षमा विष्णु केसी निर्वाचित भएएका छन्।

त्यस्तै भिभिन्न बिभागीए संयोजकहरु र केन्द्रिय सचिवालय सदस्यहरुमा गार्मेन्ट ब्यबसाय समिति अध्यक्ष राम बहादुर नेपाल, इन्टेरिएर डेकोरटोर समिति अध्यक्ष जनकराज शर्मा, बैंकिंग एव वित्तिय ब्यबसाय समिति अध्यक्ष सुनिल मिश्र, आयात निर्यात ब्यबसाय समिति अध्यक्ष महेश बराल, एफएमसीजी ब्यबसाय समिति अध्यक्ष मनन शाह, स्वास्थ्य एम फर्मा ब्यबसाय समिति अध्यक्ष राज शर्मा, होटेल तथा गेस्टहाउस ब्यबसाय समिति इन्चार्ज विष्णु सेसी र अध्यक्ष दिपक जिसी, रेस्टोरेन्ट तथा क्याटेरिङ्ग ब्यबसाय समिति अध्यक्ष बिष्णु शर्मा न्यौपाने, कोरिएअर कार्गो एव लाजिस्टिक ब्यबसाय समिति अध्यक्ष दुर्गाप्रसाद सुबेदी, फोटोग्राफी एव भिडियोग्राफी ब्यबसाय समिति अध्यक्ष कृष्ण शर्मा, कानुन एव परामर्श ब्यबसाय समिति अध्यक्ष नन्दा शर्मा, पार्लर ब्युटी एव कस्मेटिक ब्यबसाय समिति अध्यक्ष मिलन शर्मा र ट्राभल्स एव टुरिजम ब्यबसाय समिति अध्यक्ष शोभाखर पन्थी रहेका छन्।

महासचिव डा मोहन कार्कीको संचालन र अन्जु थापाको सह संचालन नोएडा स्थित महारणा प्रताप अडिटोरिएममा सम्पन्न कार्यक्रम भारतमा रहेका नेपाली राजनीतिक पार्टीका जनवर्गीय संगठनका नेत्रत्वहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्दिजिवि, विद्यार्थी, लगायतको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend