logo
  • शनिबार, असोज १० २०८३

विस्व स्वास्थ्य संगठनद्धारा पुरस्कृत मुल्मीको आत्मवृतान्त मेलबर्नमा विमोचन 


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 
३ मार्च, क्रेगिबर्न, मेलबर्न: सूर्ति नियन्त्रणलागि दिनु भएको महत्वपूर्ण योगदानको कदर स्वरुप विस्व स्वास्थ्य संगठनद्धारा पुरस्कृत एवम् ८० को दशकमा बेलायतको दातृसंस्था OXFAM को नेपालस्थित प्रतिनिधिको रुपमा काम गरेका सामाजिक र मानव अधिकारका अभियन्ता शान्तलाल मुल्मीको ‘म भित्रको म’ आत्मवृतान्त लुम्बिनी-कपिलवस्तु विस्व अभियान विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा बिमोचन गरिएको छ ।
बिमोचित आत्मवृतान्तको समालोचन गर्दै श्रेष्ठले सफल र महत्वपूर्ण ब्यक्तिहरुको अनुभव समेटिने आत्मवृतान्तहरुमा पचासभन्दा बढी भाषामा अनुवाद भएको Autobiography of a Yogi र The Diary of a Young Girl जस्ता आत्मवृतान्तहरु विस्वमै सर्बाधिक चर्चित र प्रभावशाली पुस्तकहरुमा पर्ने भन्दै बिमोचित आत्मवृतान्तको शिर्षक ‘म भित्रको म’ देख्ने बित्तिक्कै यस्ले आफूलाई अस्टाबक्र गीताको ‘अहो अहं नमो मह्यं’ (ओहो, मेरो मलाई नमस्कार) जस्तो अत्यन्तै सशक्त भावसंग सम्बन्ध स्थापित गराएको बताउँदै पुस्तकले आफूलाई दृस्टि र दर्शकबाट द्रस्टामा रुपान्तरण गराउन सहायक हुन सक्ने बताए । असल साहित्यकार समाज रुपान्तरणको उत्प्रेरक र भबिस्यद्रस्टा समेत हुन सक्ने कुराको दृस्टान्त दिंदै श्रेष्ठले समय सापेक्ष स्तरिय सामग्री दिन सकिएमा जसरी गोपाल प्रशाद रिमालको ‘आमाको सपना’, भूपी शेरचनको ‘घुम्नेमेचमाथि अन्धो मान्छे’, लिलाध्वज थापाको ‘मन’, लीला बहादुर क्षेत्रीको ‘बसाइँ’ जस्ता एउटै पुस्तकले नै उनीहरुलाई नेपाली साहित्याकाशमा चिनाउन सफल भएका छन त्यसरी नै बिमोचित यो पुस्तकले लेखक मुल्मीलाई चिनाउन सफल होस भन्दै शुभकामना ब्यक्त गरे ।
८,००० भन्दा बढी गैर सरकारी संस्थाको छाता संगठन गैर सरकारी संस्था महासंघ स्थापनामा महत्वपूर्ण योगदान दिएकाले यस्को महासचिवमा रही एक दशकसम्म कृयाशिल, सामाजिक सेवा परिषदको सल्लाहकार एबं बिमोचित पुस्तकका लेखक शान्तराम मुल्मीले आफ्नो राष्ट्रिय अन्तराष्ट्रिय महत्वका कृयाकलापमा भए गरिएका संलग्नताको चर्चा गरे । मुल्मीले पुस्तकको बिक्रीबाट संकलित रकम आफ्नै माता पिताको नाममा स्थापना गरिएको छत्र लक्ष्मी – रुद्र लाल मुल्मी स्‍मृति प्रतिष्ठानद्धारा गरिने सामाजिक कामका लागि उपयोग गरिने बताए ।
नेपाल सरकारको सह-सचिबको जिम्मेवारी निर्बाह गरिसक्नु भएकी भएकी चार लघु उपन्यासहरु सत्य र आमा, आँशु, सम्झनाको डायरी र प्रकृति को लेखक श्रीमति मोती शोभा श्रेष्ठले अर्को कार्यक्रममा जान पर्ने भएका कारण कार्यक्रममा उपस्थित हुन नपाएकोले लेखक मुल्मीलाई लिखित रुपमा बधाई तथा शुभकामना पठाएका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार एबं शिवपुरी सन्देशका प्रधान सम्पादक तथा प्रकाशक बियोगी बुढाथोकी र मेलबर्न निवासी साहित्यकार, योग र ध्यानका गुरु पार्बती पहारीले लेखक मुल्मीलाई बधाई तथा शुभकामना मन्तब्य दिए ।
सुनोद श्रेष्ठ र मेलबर्न निवासी साहित्यकार सुशिल चालिसेद्धारा सन्चालित र सुनेश श्रेष्ठद्धारा फोटो लिइएको उक्त कार्यक्रममा दैवीप्रकोप राष्ट्रिय सन्जालका अध्यक्ष सुर्य बहादुर थापा र मानब अधिकार यलाएन्सका पूर्व महासचिब समीर नेपालको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend