logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा करीब ७० हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री
२१ चैत, गुल्मी । गुल्मी जिल्लामा करिव ७० हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइने भएको हो ।टाइफाइड विरुद्धको खोप देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गते भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । टाइफाइड विरुद्धको खोप लगाइने तयारीका सम्बन्धमा आयोजित कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले सबै तयारी पुरा गरिएको जानकारी गराएको थियो ।

कार्यालयले सोमबार जिल्ला खोप समन्वय समिति र संचार क्षेत्रसँग कार्यक्रम गरेको थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय गुल्मी प्रमुख पशुपति आचार्यले जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइड विरुद्धको खोप लगाइने तयारीको बारेमा जानकारी गराएका थिए ।उनले यो खोप नेपालमा नयाँ भएकाले सबै स्वास्थ्य कर्मीहरुलाई तामिल दिएर स्वास्थ्य संस्थामा फर्की सकेको बताए । नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब ४ लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको तथ्याङ्क पाइएको छ ।

विगत ३ वर्षको तथ्याङ्क अनुसार पानी र खानेकुराबाट हुने संक्रामक रोगहरूमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको छ । अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो कारण यहि रोग रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख आचार्यले जानकारी गराएका थिए ।यो शुरुमा १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरूलाई अभियानको रुपमा एक मात्रा खोप दिइने भएको छ । त्यसपछि नियमित खोप मार्पmत १५ महिनाको उमेरमा एक सवै वालबालिकाहरु लाई १ मात्रा खोप निरन्तर उपलब्ध गराउने भएको छ ।
हाल नेपालमा प्रयोग गरिने खोप ः

Typhoid  Conjugate Vaccine (TCV) “TYPHIBEV”” यो खोप भारतकोBiological E. Limited बाट उत्पादन भएको हो । यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तर प्रमाणित (WHO prequalified) खोप हो ।यो खोपको प्रभावकारिता ९६.९५% सम्म रहेको अध्ययनले देखाएको छ । यो खोप रङ्ग विहिन, सफा झोलको रुपमा ५ मात्राको भायलमा उपलब्ध हुन्छ ।एउटा भायलमा २.५ मि.लि हुन्छ । यो खोप एक मात्रा ०.५ मि.लि. दिइन्छ । यो खोपको भायलमा भि.भि.एम. रहेको हुन्छ ।खोपको मात्रा ः ०.५ मि.लि. खोप लगाउनु पर्ने पटक ः एक पटक रहेको छ । कोल्ड चेन व्यवस्थापन सवै तहमा ं२० से. देखि ं८० से. तापक्रम कायम राख्नु पर्ने हुन्छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली,उपप्रमुख तुल्सीदेवी श्रेष्ठ, रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले टाइफाइड विरुद्धको खोप अभियान सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता दिएका थिए ।उनिहरुले यो अभियान सफल बनाउन आम जिल्ला वासीले आफनो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend