logo
  • शनिबार, असोज १० २०८३

गुल्मीमा सहकारी दिवस : अगुवाबिच अन्तरक्रिया, बिरामीलाई फलफुल वितरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी चैत २० ।
गुल्मीमा ६५ औ सहकारी दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघको आयोजनामा सहकारी अगुवाबिच अन्तरक्रिया र गुल्मी अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो । रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले कार्यक्रमको उद्घाटन गर्दै आर्थिक तथा सामाजिक विकासमा सहकारीको भूमिका अपरिहार्य रहेको बताए ।
उनले सहकारी क्रृण दिने र बचत संकलन गर्ने मात्रै नभएर उत्पादनसंग जोडिनुपर्ने बताए । अहिले स्थानीय तहसंग सहकारीका विभिन्न बिषय जोडिएकाले समन्वय र सहकार्य मार्फत थुप्रै काम गर्न सकिने भुसालले बताए । कार्यक्रममा जिल्ला सहकारी संघका राष्ट्रिय प्रतिनिधी यम बहादुर थापाले सहकारी, सहकारी प्रर्वद्धनमा स्थानीय सरकारको भूमिका र समस्याका बिषयमा सरोकारवालालाई जानकारी गराएका थिए ।
थापाले सहकारीको विकासक्रम र तीनखम्बे अर्थनीति, विश्वमा सहकारीले ल्याएको आर्थिक सामाजिक रुपान्तरण, सहकारी नियमनका क्षेत्रहरु, सहकारीमा देखिएका समस्या र समाधानका उपाय प्रस्तुत गरे । त्यस्तै कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले तीनै तहको सरकारको सहयोग र सवैखाले सहकारीको समन्वयमा थुप्रै नविनतम कार्य गर्न सकिने बताए ।
उनले ज्ञान केन्द्रको कार्यक्षेत्रभित्र सवै किसिमका सहकारी पर्ने भएकाले कार्यालयका थुप्रै कार्यक्रमहरुसंग जोडिन आग्रह गरे । कार्यक्रममा विभिन्न अगुवाहरुले सहकारी समस्या राखेका थिए ।

त्यस्तै दिवसकै क्रममा गुल्मी अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेका थिए । मेयर भुसाल, सहकारीका राष्ट्रिय प्रतिनिधी थापा, गुल्मी अस्पतालका डाक्टर श्रुर्ति सिलवाल, सहकारीकाकै राधा पन्थी लगायतको उपस्थितीमा फलफुल वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend