logo
  • शनिबार, असोज १० २०८३

६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सिएमसी पर्साले ग¥यो रक्तदान कार्यकम


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

वीरगंज २० चैत ।
६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा को–अपरेटिभ म्यानेजर्स क्लब, पर्सा ९सिएमसी०ले वीरगंजमा आईतवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
वीरगंजको माईस्थान मन्दिर प्राङ्गणमा आयोजित कार्यक्रममा २२ महिला सहित १०१ जनाले रक्तदान गरेका छन् ।कार्यक्रममा क्लबका अध्यक्ष चन्देश्वर चौरसिया, रबिभुषण श्रीवास्तव, श्री निधि साकोसका कृष्ण यादव, हिरालाल चौरसिया, सुस्मा महर्जन, शान्ता श्रेष्ठ, मुरारी सर्राफ, शोभा कुमारी, मधु चौधरी, अभिमन्यु यादव, बिमल चिमारिया, धिरज कुमार चौरसिया, लगायत १०१ जनाले रक्तदान गरेका हुन ।

क्लबका अध्यक्ष चन्देश्वर चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले रक्तदान जिवन दान हो भन्दै आयोजकलाई धन्यबाद दिनु भएको थियो । हरेक तीन–तीन महिनामा रगत स्वतः नष्ट भई नयाँ बन्ने भएकोले सबै स्वस्थ्य नागरिकले समय समयमा रक्तदान गर्नु पर्ने सुझाउदै एक पोका रगत दिदां कसैको ज्यान बच्यो भने त्यो भन्दा ठुलो कुनै पुण्यको काम नरहेको बताउनु भयो ।

रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्रका शौरभराज पाण्डे, राजन श्रीवास्तव, दिलमाया घिमिरे लगायतको टिमले प्राविधिक सहयोग गरेका थिए ।सो अवसरमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेश पडित, क्लबका उपाध्यक्ष रबिभुषण श्रीवास्तव, महासचिव दिपक चौधरी, सचिव रामबाबु चौधरी, सम्पूर्र्ण सञ्चालक समिति, शिक्षा उप समिति, विभिन्न सहकारीका कर्मचारी लगायत सहकारी क्षेत्रमा लागेका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सिएमसीका सञ्चालक समितिका संस्थापक अध्यक्ष जिस्नु बरालले गरेका थिए ।

रक्तदान कार्यक्रममा कान्तिपुर साकोस, श्री निधि साकोस, गृहलक्ष्मी, ओम शिव शक्ति, सुविधा, सुर्या, सनराईज नेपाल, जन संरक्षण सोकास सहित नेपाल सहकारी वित्तिय संस्था लिमिटेडले सहयोग गरेको आयोजक क्लबका अध्यक्ष चन्देश्वर चौरसियाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend