logo
  • शनिबार, असोज १० २०८३

हिन्दू राष्ट्र अभियानले ‘प्रबुद्ध नागरिक गाेष्ठी साहित्य कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 राजा राम दास, धनगढी चैत १९।
हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गाेष्ठी एवम् साहित्य परिचय कार्यक्रमकाे आयाेजना गरेको छ।
कैलालीको धनगढीमा शुक्रबार आयोजित उक्त गाेष्ठीमा अभियान द्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नाे दायित्वकाे रुपमा स्वीकार गरोस भन्ने आग्रह समेत गरिएको थियो । गत भदाै ३ गते पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालकाे संयाेजकत्वमा याे अभियान सुरु भएकाे हाे ।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना, हिन्दू स्वयंसेवक संघ का जिल्ला संचालक हिरा कँडेल र व्यवसायी तथा समाजसेवी गोपाल हमाल सहितको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रताप बुढा द्वारा राखिएको थियो भने कार्यक्रमको संयाेजकत्व कैलाश दाहालले गर्नु भएको थियो ।
स्वागत मन्तव्य दिदै प्रताप बुढाले समाजको हरेक क्षेत्रमा असल व्यक्तिको आवश्यकता रहेको जनाउँदै राम्रो चरित्र र धैर्य धारण गर्न सके मात्र परिवर्तन सम्भव हुने बताउनु भएको थियो । व्यवसायी तथा समाजसेवी गोपाल हमाल ले धर्म बारे गलत प्रचार बढी भएको बारे चर्चा गर्दै हिन्दुहरूलाई  संगठित हुनुपर्ने मा जोड दिनु भयो। यसैगरि जिल्ला संघचालक हिरा कँडेलले समाजमा अझैपनि जातीय संकीर्णता कायम रहेको तथा धर्म बारे कुरा गर्दा आफु तल पारिन्छ भन्ने गलत मानसिकता हावी रहेको चर्चा गर्नु भएको थियो ।

पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिना ले देउडा, गौरा जस्ता सास्कृतिक तथा धार्मिक पहिचान रहेको सुदूरपश्चिमले आफ्नो अखण्डता जोगाउन लागि परेको जस्तै अहिले हिन्दुत्व कालागि लाग्नुपर्ने बेला आएको बताउनु भएको थियो । शासन व्यवस्था जुन सुकै भए पनि हिन्दु राष्ट्र कायम हुनुपर्ने उल्लेख गर्दै उनले संविधानमा नलेखे पनि पहिचान र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध हिन्दु राष्ट्र रहेको दाबीसमेत गरे।

प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश गाेपाल पराजुलीले बाह्य प्रभाव र केही अज्ञानता वश नेपाल धर्म निरपेक्ष भएको तर्क प्रस्तुत गर्दै यसैकारण अनेकों गल्ती भइरहेको बताउनु भयो । विश्वमा ११८ इसाई, ५७ इस्लामिक र ९ वटा बुद्धिस्ट राष्ट्र भए पनि ११० करोड आबादी भएको हिन्दु राष्ट्र खोई भन्ने प्रश्न गर्दै उनले विन्ती र विद्रोह गर्न कसैले छेक्न नसक्ने दावीसमेत गरेका थिए।

समाजको विभिन्न क्षेत्रबाट सहभागी उक्त कार्यक्रमलाई आभार प्रकट गर्दै आमन्त्रित अतिथि तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन संयोजक कैलाश दाहाल द्वारा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend