logo
  • शुक्रबार, असोज ९ २०८३

माओवादी केन्द्र मदाने ५ को भेला सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

हुमाकान्त पोखरेल , गुल्मी चैत १९।
नेकपा माओवादी केन्द्र मदाने गाउँपालिका –५ मलागिरीको वडाभेला सम्पन्न भएको छ । भेलाले ध्रुव खत्रीको अध्यक्षतामा ४५ सदस्यिय वडा कमिटीको गठन गरेको छ ।
जसको उपाध्यक्षमा निरा केसी, सचिवम पूर्व पीएलए झविन्द्र सेन, सह–सचिवमा प्रितम केसी र पवन केसी र कोषाध्यक्षमा राजु खड्का लगायत अन्य सदस्यहरु रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय भरत चन्दले माओवादी केन्द्रप्रति जनलहर बढ्दै गएकोले अब आउने पक्षमा माओवादी केन्द्रको पक्षमा मतदान गर्न आग्रह गरे ।

त्यस्तै बृद्ध, अपाङ्ग, युवा लगायतको पक्षमा माओवादी केन्द्रले मात्रै काम गरेको भन्दै उनले मदाने गाउँपालिकामा पनि अब माओवादी केन्द्रले नेतृत्व गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टीका विभिन्न पदाधिकारीहरु, भातृ संगठनका प्रमुख लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend