logo
  • शनिबार, असोज १० २०८३

गुल्मी अस्पतालद्वारा विभिन्न संस्था र कर्मचारीहरुलाई सम्मान तथा प्रसंसा पत्र वितरण


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, चैत १७ ।
गुल्मी अस्पतालले विभिन्न संस्था र कर्मचारीहरुलाई सम्मान तथा प्रसंसा पत्र वितरण गरेको छ । पुर्व परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले अक्सिजन प्लाण्ट निर्माणमा महत्वपूर्ण योगदान पुराउने नेपाल पत्रकार महासंघ र भवन निर्माणमा सम्मान गर्ने गुल्मी उद्योग वाणिज्य संघलाई सम्मान गरेको हो ।
त्यस्तै ज्ञवालीले नेपाल स्वयसेवी रक्तदाता समाज गुल्मी, नेपाल बिद्युत प्राधिकरण गुल्मीलाई सम्मान गरेको अस्पतालले जनाएको छ । सोहि कार्यक्रममा गुल्मी अस्पतालमा कार्यरत सिनियर अहेव अधिकृत खिमलाल ज्ञवाली र रमेश प्रसाद पन्थीलाई सम्मान गरिएको गुल्मी अस्पतालको प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए ।

गुल्मी अस्पतालका व्यावस्थापन अधिकृत असिम चौधरी, सामाजिक सेवा इकाई प्रमुख तारा बहादुर कार्की, लेखापाल भिमलाल खनाल, प्रयोगशाला विभाग प्रमुख लक्ष्मण पन्थी, नर्सिङ्ग इन्चार्ज सीता कार्की, गुल्मी अस्पताल बायोमेडिकल टेक्निसियन दिपक महत, एक्सरे विभाग प्रमुख रेशम थारु, फार्मेसी सुपरभाइजर सरोज पन्थी, नाम दर्ता फाँट प्रमुख कमला ज्ञवाली, कार्यालय सहयोगी बोम बहादुर थापा र सुन्तली मरासिनीलाई प्रसंसा पत्रले सम्मान गरिएको हो ।

गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले प्लाण्ट स्थापनामा सहयोग गर्ने संस्था र अस्पतालका पुराना एवं बिषयगत शाखा प्रमुखदेखि कार्यालय सहयोगीसम्मलाई सम्मान गरिएको बताए ।

उनले संस्थाहरुको योगदानको कदर समन्वय, सहकार्यसंगै कर्मचारीहरुमा उर्जा भर्न सम्मान तथा प्रसंस्था पत्र वितरण गरिएको बताए । उनले आफु केहि गर्ने उदेश्यले अस्पतालको नेतृत्वमा आएकाले सवैको रचनात्मक सहयोगको अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend