साझा नेटवर्क
साझा नेटवर्क, बागलुङ चैत १६।
जीप दुर्घटनामा परी मृत्यु भएका (नेकपा) एमाले ढोरपाटन नगरकमिटिका अध्यक्ष ऋतुवर्ण पौडेलको शव बुर्तिवाङमा अन्तिम दाहसंस्कार गरिएको छ ।

मंगलबार निसीखोला गाउँपालिका– २ मा भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनुभएका पौडेलको शवलाई नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं संघीय सांसद मनकुमारी केसी, केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिराबहादुर केसीलगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
यसैबीच नेकपा एमाले बागलुङले एक शोक वक्तव्य जारी गर्दै पौडेलको निधनले पार्टीलाई अतुलनीय क्षती पुराएको जनाएको छ । नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसी र सचिव विष्णुप्रसाद शर्माद्वारा हस्ताक्षरित शोक बक्तव्यमा दुःखको घडीमा सबैलाई संयमित रहन आग्रह समेत गर्नुभएको छ ।
यस्तै पार्टीका सम्पूर्ण गतिविधिहरु एक दिन बन्द गरेको, तीन दिन पार्टी कार्यालयहरुका झण्डा झुकाइने नेकपा (एमाले) बागलुङका प्रचार विभाग प्रमुख चन्द्र गणेशले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend