logo
  • शनिबार, असोज १० २०८३

गुल्मी महोत्सवको तयारी तिब्र


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुुल्मी चैत १६।
आगामी चैत २५ देखि बैशाख ४ गते सम्म सञ्चालन हुन लागेको चौंथो  महोत्सवको मिति नजिकिन थाले पछि महोत्सवको प्रचार प्रचार समेत तिब्र पारिन थालेका छन् । महोत्सव लाई थप प्रभावकारीे बनाउनको लागि जिल्ला सदरमुकाम तम्घास स्थित बिभिन्न आमा समुह, बिद्यालय, संघ संस्था लगायतका प्रमुखहरुसँग छलफल भएको छ।
महोत्सवको उद्घाटन हुने दिनका लागि शोभा यात्रा कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरिएको महोत्सव प्रचारप्रसार समिति संयोजक ताराप्रसाद भुसालले बताए । महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न गठित ३४ वटा उपसमितिका संयोजकहरुसँग पनि छलफल भएको छ। समितिहरुले महोत्सव सम्पन्न गर्न आ–आफनो जिम्मेवारीमा भए गरेका प्रगतीहरुको बारेमा समिक्षा भएको भुसालले बताए ।

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरेको हो ।महोत्सवमा झण्डै ६ दर्जन वढि बिभिन्न बिद्याका राष्ट्रिय कलाकारहरुको सहभागिता रहने भएको छ। महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सव हुने स्थल चिदीचौरमा स्टल निर्माण हुन थालेको छ भने बजारमा बिभिन्न स्वागत व्यानरहरुले सजाउन थालेका छन् ।

चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले जनाएको छ । महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । सदरमुकाम तम्घासको चिदीचौर खेल मैदानमा आयोजना गरिने महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए ।

जिल्लामा उत्पादिन कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ । अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने भुसालले बताए । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने भएको छ ।

महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको बजोड प्रस्तुती रहने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend