logo
  • शनिबार, असोज १० २०८३

बुवा–आमाको स्मृतीमा विद्यालयमा अक्षयकोष


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हुमाकान्त पोखरेल
गुल्मी, चैत १६ ः अधिकाशं मानिसहरु पैसा कमाएपछि गाउँ नफर्किने चलन छ । तर गुल्मीको धुर्कोट गाउँपालिका –४ जैसिथोकका एक व्यक्तिले बुबा–आमाको स्मृतीमा सोही ठाउँकै देविस्थान प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जैसिथोक गोलपोखरी घर भई हाल बुटबल–११ बस्दै आएका राजकुमार विकले स्वर्गिय बुबा बाबुलाल विक र आमा पुतला विकको स्मृतीमा ६० हजारको ‘बाबुलाल पुतला स्मृती अक्षयकोष’ स्थापना गर्नुभएको छ ।

उक्त रकमबाट दलित र गरीब मध्येबाट उत्कृष्ट हुने दुई जना विद्यार्थीले बार्षिक रुपमा दुई÷दुई हजारका दरले छत्रबृत्ति पाउनेछन् । विकले बुबा–आमाको फोटो विद्यालयमा राख्नेगरी थप १० हजार पनि सहयोग गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लक्षमण विकले जानकारी दिनुभयो । गरिब, दलित तथा जेहेनदार विद्यार्थीहरुको पढाईमा सहयोग पु¥याउने उदेश्यले अक्षयकोष स्थापना गरेको विकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend