साझा नेटवर्क
अनिल खत्री
१६ चैत, गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा श्रेष्ठ अमात्यले पछिल्लो समयमा सरकारी कार्यालयमा गए आर्थिक लेनदेन वीना काम हुँदैन भन्ने गुनासाहरु आउने बताइन् । मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्र्तक्रिया कार्यक्रममा सर्वसाधरणलाई सरकारको अनुभूति हुने गरी काम गर्न निर्देशन दिइन् ।
भ्रष्टाचार नगरे अख्तियासँंग डराउन नपर्ने बताइन । उनले भ्रष्टाचार नगरे डराउन नपर्ने र भ्रष्टाचार गरे कसैलाई नछाड्ने उनको भनाई छ ।
भ्रष्टाचार गर्नु अपराध भएको भन्दै भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कानुनी दायमा ल्याउनु पर्नेमा उनले जोड दिइन । सरकारी कर्मचारीहरुले इस्टिमेट र मुल्याङकन गर्दा विभिन्न चलखेलहरु हुने गरेका उजुरीहरु अख्तियारमा आउने गरेको भन्दै वास्तबिक इस्टिमेट गर्न र मुल्याङन गर्न पनि आयुक्त श्रेष्ठले आग्रह गरिन ।
अख्तियारमा परेका उजुरीहरुको प्रतिक्रिया माग्दा अनाबश्यक र चाहिने भन्दा बढी पठाउने गरेका भन्दै चाहिने मात्रै र मागेको मात्रै पठाउन उनको आग्रह थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend