logo
  • शनिबार, असोज १० २०८३

गुल्मीका सवारी चालकहरुलाई सचेतनामूलक कक्षा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

गुल्मी, १६ चैत
सवारी दुर्घटना न्यूनिकरण गर्न चालकहरुलाई सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । श्रम रोजगार तथा यातयात ब्याबस्था मन्त्रालय बुटवलको आयोजना र ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेश बुटवलको समन्वयमा चालकहरुलाई ट्राफिक नियम र दुर्घटना न्यूनिकरण सम्बन्धि विभिन्न बिषयमा जानकारी दिइएको थियो । कार्यक्रममा आयोजकको तर्फबाट मन्त्रालयका नीतिगत व्यावस्था र ट्राफिक नियमका बारेमा जानकारी दिइएको थियो ।

अन्तरक्रियामा सहभागीहरुले रुट प्रमिटको समस्या, प्राईभेट सवारीका कारण सार्वजनिक सवारीमा परेको प्रभाव, सवारी चालक अनुमति पत्र लगायतका बिषयमा गुनासो गरेका थिए । कार्यक्रममा ट्राफिक प्रहरी कार्यलय लुम्बिनी प्रदेश बुटवलका प्रहरी निरीक्षक मधु नेपाल र श्रम रोजगार तथा यातयात ब्यावस्था मन्त्रालय बुटवलका सचिव दिपक नेपालले चालकले उठाएका गुनासाहरुको संबोधन गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, प्रहरी नायव उपरिक्षक माधवराज खरेल, ट्राफिक प्रहरी निरिक्षक मधु नेपाल, यातयात समितिका पदाधिकारी र सार्वजनिक सवारीका चालकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend