logo
  • शनिबार, असोज १० २०८३

प्युठानको ठुलाबेशीमा निशुल्क आर्युर्वेद स्वास्थ्य शिविर सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जोगिन्द्र मल्ल, प्युठान चैत १६।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगा प्युठानको आयोजना तथा गौमुखी गाउँपालिकाको समन्वयमा गौमुखीको ठुलाबेशीमा निशुल्क आर्युर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।
नागरिक आरोग्य सेवा केन्द्रको कार्यालय भएको शिबिरमा बोल्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले रोग लाग्नु भन्दा नलाग्न दिनु बेस भएको र रोकथाम नियन्त्रणमा ध्यान दिनु पर्ने र आयुर्वेद स्वास्थ्यसंग मानवको जिबन जोडिएको हुदा कयौं बिरामी जडिबुटी मसलडार औषधिले निको हुने र लामो समय प्रयोग गरेमा बिरामी दीर्घकालीन सन्चो हुने विकसित देशहरुले आयुर्वेद औषधि प्रयोग गरेको र गौमुखीमा जडिबुटीको प्रचुर सम्भावना रहेको तथा दीर्घ बिरामीलाईसेवा सहज होस भनेर शिबिर राखेको बताउनु भयो।
सेवा लिन आएका गौमुखी ३ रजवाराका ८३ वर्षिय आइते बि कले अरु औषधिले सन्चो नभएर आयुर्वेद सेवा केन्द्रमा आउन परेको बताउनु भयो ।
शिबिरमा १७७ जनाले सेवा लिएका बिरामीहरुको ग्यासटिक, बाथ, गानोगोला र पायल्सका रोगी अत्यधिक रहेको डा रमेश के सिलेबताए ।भने गौमुखी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले आयुर्वेद स्वास्थ्य केन्द्र संग समन्वय र सहकार्य गरेर जाने बताउनु भयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend