logo
  • शनिबार, असोज १० २०८३

सांसद प्रदीप यादवमाथिको कारवाही फुकुवा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

वीरगंज, १३ चैत्र ।
जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ । जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो ।

जसपा केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पर्सा जिल्लाबाट प्रतिनिधिसभामा सांसद समेत रहेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो ।

सत्ता गठबन्धनमा उनलाई मन्त्री नबनाएपछि उनले विरोध जनाएका थिए ।

यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend