logo
  • शुक्रबार, असोज ९ २०८३

माओवादी केन्द्र गुल्मी–मदाने–रुपन्देही सम्पर्क समन्वय समितिको अधिवेशन सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बुटबल, चैत १२ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) गुल्मी–मदाने–रुपन्देही सम्पर्क समन्वय समितीको भेला तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । शनिबार बुटबलमा अधिवेशनले सुनिल जिसीको अध्यक्षतामा ५१ सदस्यिय गुल्मी–मदाने–रुपन्देही सम्पर्क समन्वय समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा सविना भुसाल, विशाख भट्टराई र बसन्त घिमिरे, सचिवमा खिमराज गिरी, सह–सचिवमा गोविन्द भुसाल र कोषाध्यक्षमा इश्वरी प्रसाद भुसाल लगायत अन्य सदस्यहरु रहेका छन् । त्यस्तै प्रेम चन्द्र भुसालको संयोजकत्वमा ११ सदस्यिय सल्लाहकार समिति पनि गठन गरिएको नेकपा माओवादी केन्द्र मदाने गाउँकमिटीका सह–सचिव गोपाल भण्डारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले देश बनाउने पार्टी नै माओवादी भएकोले अब माओवादी केन्द्रको विकल्प नभएको धारणा राखे । त्यस्तै विशेष अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् प्रदेश सासंद गिता थापाले अब निर्वाचनमा होमिन कार्यक्रताहरुलाई निर्देशन दिइन् ।

पार्टीका मदाने गाउँकमिटी अध्यक्ष बेगम चन्दले निर्वाचन लक्षित कार्यक्रमअन्गत मदाने गाउँपालिकामा स्थायी बसोबास भई रोजगारीको सिलसिलामा रुपन्देहीमा बसोबास गर्ने नागरिकहरुबीच कमिटी गठन गरिएको बताए ।

कार्यक्रममा पार्टीका बुटवल उपमहानगरपालिका अध्यक्ष महेन्द्र भुसाल, गुल्मी रुपन्देही समन्वय समितीका इन्चार्ज टेकराज रेग्मी (बिमल), गुल्मी रुपन्देही समन्वय समिती अध्यक्ष माधव भन्डारी, उपाध्यक्ष भोजराज जिसी, अखिल (क्रान्तिकारी) मदाने गाउपालिका संयोजक शिशिर भन्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend